ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त


एबीसी न्यूज

काडमाडौं २७ पुस ।   अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्निया र लस एन्जलसमा इतिहासकै विनाशकारी आगलागी भइरहँदा उत्तर पूर्वी क्षेत्रहरु भने हिमपात र हिमआँधीले प्रभावित भएका छन् । हिमपात र आँधीका कारण हिजो मात्रै तीन हजार वटाभन्दा धेरै हवाई उडान रद्द भएका छन् । हजारौँ उडानमा ढिलाई भएको एएएफपीले जनाएको छ ।

डेल्टा एअरलाइन्सले जाडो मौसमको अवस्था अपेक्षितभन्दा खराब रहेको जनाएको छ । एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे दुई घण्टासम्म बन्द भएका थिए । डेल्टाले मात्रै हिजो आफ्ना ११ सय वटा उडान रद्द भएको जनाएको छ । अत्यधिक चिसोका कारण कतिपय विमानहरुका इन्जिनमा समस्या देखिएको खबरमा उल्लेख छ ।

यो हप्ताको शुरुमा हिउँदको आँधीले कम्तीमा पाँच जनाको ज्यान गइसकेको छ । केही ठाउँको तापक्रम माइनस १८ डीग्री सेल्सियसभन्दा तल झरेको छ । लाखौँ परिवार बिजुलीविहिन अवस्थामा छन् । अमेरिका अहिले दुई वटा ठूला विपदमा छ । लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com