काठमाडौं २६ पुस । नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् ।
कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् ।
प्रदेश समन्वय विभागको सचिवमा डा। रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तनमा समीक्षा चौधरी सचिव तोकिएका छन् ।
सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा बुद्धिजिवीमा विजयी तुम्बाहाम्फे तोकिएका छन् ।
५६ विभागका प्रमुख तोकिएपनि पूर्णता भने पाउन सकेका छैनन् ।
हालका लागि एउटा विभागमा बढीमा दश सदस्य बनाउने गरी पार्टीले निर्देशन दिएको छ । विधान अनुसार प्रमुख सहित बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्