ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत


एबीसी न्यूज

काठमाडौं २६ पुस । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत भएको निष्कर्ष निकालेको छ ।

समितिले अध्ययन गरेको प्रतिवेदनमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू नियममा उल्लेख गर्नु पर्नेमा नियममा तोकिए बमोजिम उल्लेख गरी विनियमहरूमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू आफैं तोकि बनाउनु विधिसम्मत नभएको ।’

त्रिविलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कोष, कर्मचारी सापटी कोष जस्ता कोषहरू विनियम बनाई स्थापना गरिनु गलत भएको समितिको ठहर छ । कोषहरू विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्रिविमा आफू अनुकूल निर्देशिका, मापदण्ड र कार्यविधि बनाउने गरिएको पाइएको छ । ‘कुन बेला, कुन पदाधिकारीलाई के काम गर्न निर्देशिका, मापदण्ड, कार्यविधि आवश्यक पर्‍यो, त्यो बेला बनाउने अनि त्यो कायमै रहने, फेरि अर्को काममा अर्कै बनाउने गरेको पाइयो,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

 

समितिको अध्ययनले त्रिविमा पदाधिकारीहरूको समयमा नियुक्ति नभएको, शिक्षकहरूको व्यवस्थापन अवरुद्ध भएको र शैक्षिक क्यालेन्डर अनियमित र अनिश्चित भएकोले त्रिभुवन विश्वविद्यालयको साखमा ह्रास आएको देखाएको छ ।

शुक्रबार समितिको बैठकमा सदस्यहरूले पुरानो ऐनबाट विश्वविद्यालय चलिरहेकाले नयाँ ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । ‘आफू अनुकूल कार्यकारी परिषद्बाट निर्णय हुन्छ । परिषद्ले सिनेटमा लगेको छैन । संविधान अनुसार ऐन बनाउन आवश्यक छ,’ समिति सदस्य नरबहादुर विष्टले भने ।

समिति सदस्य युवराज शर्माले त्रिविमा कानुनी शासन नभएको टिप्पणी गरे । ‘त्रिविको दिनदिनै खस्कँदो छ । उपकुलपतिको सपथ सिंहदरबारमा हुन थालेको छ । स्वार्थ केन्द्रित छ । कानुनको शासन भएन,’ उनले भने ।

समिति सदस्य मदनकुमारी साहले त्रिविमा भइरहेको दुरुपोयग रोक्नु पर्नेमा जोड दिइन् । ‘त्रिविमा दुरुपयोग छ । यसलाई रोक्न पर्छ,’ उनले भनिन् । समिति सदस्य बलदेव बोहोराले त्रिविको पुनर्संरचना गर्नुपर्ने मत राखे ।

सदस्यहरूले त्रिविमा भइरहेको बेथितिबारे पदाधिकारीलाई बोलाएर छलफल गर्नुपर्ने बताए । ‘त्रिविका पदाधिकारीलाई बोलाएर छलफल गर्न सकिन्छ,’ समिति सभापति मायाप्रसाद शर्माले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

सम्बन्धित

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

बालेनले गरे मैथिली भाषामा भाषण, जनकपुरधामबाट राजनीतिक यात्राको सुरुवात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com