ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत


एबीसी न्यूज
पुस २६, २०८१ शुक्रबार   ५ : ५८   बजे

काठमाडौं २६ पुस । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिवि पदाधिकारीले आफ्नो पारिश्रमिक आफैं तोक्नु गलत भएको निष्कर्ष निकालेको छ ।

समितिले अध्ययन गरेको प्रतिवेदनमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू नियममा उल्लेख गर्नु पर्नेमा नियममा तोकिए बमोजिम उल्लेख गरी विनियमहरूमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरू आफैं तोकि बनाउनु विधिसम्मत नभएको ।’

त्रिविलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कोष, कर्मचारी सापटी कोष जस्ता कोषहरू विनियम बनाई स्थापना गरिनु गलत भएको समितिको ठहर छ । कोषहरू विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्रिविमा आफू अनुकूल निर्देशिका, मापदण्ड र कार्यविधि बनाउने गरिएको पाइएको छ । ‘कुन बेला, कुन पदाधिकारीलाई के काम गर्न निर्देशिका, मापदण्ड, कार्यविधि आवश्यक पर्‍यो, त्यो बेला बनाउने अनि त्यो कायमै रहने, फेरि अर्को काममा अर्कै बनाउने गरेको पाइयो,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

 

समितिको अध्ययनले त्रिविमा पदाधिकारीहरूको समयमा नियुक्ति नभएको, शिक्षकहरूको व्यवस्थापन अवरुद्ध भएको र शैक्षिक क्यालेन्डर अनियमित र अनिश्चित भएकोले त्रिभुवन विश्वविद्यालयको साखमा ह्रास आएको देखाएको छ ।

शुक्रबार समितिको बैठकमा सदस्यहरूले पुरानो ऐनबाट विश्वविद्यालय चलिरहेकाले नयाँ ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । ‘आफू अनुकूल कार्यकारी परिषद्बाट निर्णय हुन्छ । परिषद्ले सिनेटमा लगेको छैन । संविधान अनुसार ऐन बनाउन आवश्यक छ,’ समिति सदस्य नरबहादुर विष्टले भने ।

समिति सदस्य युवराज शर्माले त्रिविमा कानुनी शासन नभएको टिप्पणी गरे । ‘त्रिविको दिनदिनै खस्कँदो छ । उपकुलपतिको सपथ सिंहदरबारमा हुन थालेको छ । स्वार्थ केन्द्रित छ । कानुनको शासन भएन,’ उनले भने ।

समिति सदस्य मदनकुमारी साहले त्रिविमा भइरहेको दुरुपोयग रोक्नु पर्नेमा जोड दिइन् । ‘त्रिविमा दुरुपयोग छ । यसलाई रोक्न पर्छ,’ उनले भनिन् । समिति सदस्य बलदेव बोहोराले त्रिविको पुनर्संरचना गर्नुपर्ने मत राखे ।

सदस्यहरूले त्रिविमा भइरहेको बेथितिबारे पदाधिकारीलाई बोलाएर छलफल गर्नुपर्ने बताए । ‘त्रिविका पदाधिकारीलाई बोलाएर छलफल गर्न सकिन्छ,’ समिति सभापति मायाप्रसाद शर्माले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group