काठमाडौं, २६ पुस । उपचारका लागि सहयोगी हातहरू (हेल्पिङ्ग ह्याण्ड्स फर रेमेडिज नेपाल) को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । संस्थाकी अध्यक्ष श्रीमती स्वरूपा श्रेष्ठले उपचारका लागि सहयोगी हातहरू को उद्देश्य र दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
उहा“ले आर्थिक रूपमा कमजोर बिरामीहरूको सहयोग गर्ने र अन्य संस्थाहरूसंग सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वेबसाइटले सहयोगीहरूलाई जोड्ने र सहकार्यलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने संस्थाका महासचिव डा. मुरारीमान श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरू, क्यान्सर तथा अन्य रोगलाई जितेका व्यक्तिहरू, र प्रहरी अधिकृतहरू सहित १०० जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्