काठमाडौं २६ पुस । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
छलफलका अन्य विषयबारे जानकारी गराइएको छैन ।
प्रतिक्रिया दिनुहोस्