ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछानेलाई फेरि पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा कास्की प्रहरी


एबीसी न्यूज

काठमाडौं २५ पुस । रास्वपा सभापति रवि लामिछानेलाई फेरि पक्राउ गरेर काठमाडौं पठाउने कि आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुन दिने भन्ने परामर्शमा कास्की प्रहरी जुटेको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्ने आदेश दिएसँगै अब के हुने भन्ने प्रश्न उठेको हो ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । कास्की प्रहरीको उच्च स्रोतका अनुसार कानुन व्यवसायीसँग परामर्श सुरु भएको छ ।

ुयहाँको जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरिसकेको छ । काठमाडौंमा पनि अभियोगपत्र दर्ता भएको छ । अब यहाँबाट पक्राउ गरेर काठमाडौंलाई बुझाउने कि पक्राउ नगरी आफैं अदालतमा उपस्थित हुन दिने भन्नेबारे कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौं,ु कास्की प्रहरीका उच्च अधिकारीले भने । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया भने सुरु गरिसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले धरौटी मागेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग कास्की जिल्ला अदालतले धरौटी मागेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हो ।

न्यायाधीश राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको थियो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।

न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरूका तर्फबाट कानुनी व्यवसायीहरूको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

सम्बन्धित

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com