काठमाडौं २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् ।
रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ ।
सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५र५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग भएको छ ।
प्रतिक्रिया दिनुहोस्