ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह


एबीसी न्यूज

काठमाडौं २४ पुस । हिजो बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ । चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो ।

ललितपुरको पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा।वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको, सामान्य भूकम्पको महसूस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने देखिएको बताउनुहुन्छ ।

भूकम्पलगायतका विपद्का घटनाले जनधनको क्षति मात्रै नगर्ने, यसले मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्न सक्ने मनोरोग विशेषज्ञ कार्कीको भनाइ छ । विशेषगरी भूकम्पको अनुभव गरेका व्यक्तिमा मनोवैज्ञानिक त्रास धेरै हुने भएकाले संयमता अपनाउन उहाँको सल्लाह छ ।

सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक रहेकोमा उहाँको जोड छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको अवस्थामा आधिकारिक सूचना मात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा।अधिकारीले भूकम्प गएमा के गर्ने रु कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिकाहरु के हुन् रु लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईले ठूलो भूकम्पपछि परकम्पहरु आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई ख्याल गरी तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com