काठमाडौं २४ पुस । सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को पदावधि एक वर्ष थप भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
पदावधि थप हुनेहरुमा नम्बर–१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर–३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरी रहेका छन् ।
गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ९ग० मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको हिजो चार वर्ष पूरा भएको हो ।
नियमावलीको दफा ६५ कै ९ग० को ९२० उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक ९आईजी० को सिफारिशमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ ।
त्यसै व्यवस्था अनुसार मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्