ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गयो


एबीसी न्यूज
पुस २३, २०८१ मंगलबार   ५ : ०४   बजे

काठमाडौं २३ पुस ।   अमेरिकामा बर्ड फ्लुु बाट पहिलो व्यक्तिको ज्यान गएको छ । अमेरिकी राज्य लुइसियानाका एक जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लुइसियाना स्वास्थ्य विभागले बिरामीको उमेर ६५ वर्ष रहेको जनाएको छ । मृतक व्यक्ति जङ्गली चरासँग घुलमिल भइरहने हुँदा उनलाई बर्ड फ्लु लागेको खबरमा उल्लेख छ । विभागले अरू कुनै व्यक्तिमा यस्तो सङ्क्रमण नदेखिएको जनाएको छ ।

एक जनाको ज्यान गए पनि आममानिसमा अहिले कुनै जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरूलाई भने केही जोखिम रहेको छ । डाक्टरहरूले एच फाइभ एन वन लागिसकेपछि बचाउने उपाय नभएकाले रोग लाग्नै नदिनु बच्ने एकमात्र उपाय भएको बताएका छन् ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी ले मानिसलाई सतर्क रहन आग्रह गरेको छ । सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा ६६ जनामा एच फाइभ एन वन बर्ड फ्लु पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकाबाहिर ९ सय ५० जनाभन्दा धेरै जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group