ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गयो


एबीसी न्यूज

काठमाडौं २३ पुस ।   अमेरिकामा बर्ड फ्लुु बाट पहिलो व्यक्तिको ज्यान गएको छ । अमेरिकी राज्य लुइसियानाका एक जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लुइसियाना स्वास्थ्य विभागले बिरामीको उमेर ६५ वर्ष रहेको जनाएको छ । मृतक व्यक्ति जङ्गली चरासँग घुलमिल भइरहने हुँदा उनलाई बर्ड फ्लु लागेको खबरमा उल्लेख छ । विभागले अरू कुनै व्यक्तिमा यस्तो सङ्क्रमण नदेखिएको जनाएको छ ।

एक जनाको ज्यान गए पनि आममानिसमा अहिले कुनै जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरूलाई भने केही जोखिम रहेको छ । डाक्टरहरूले एच फाइभ एन वन लागिसकेपछि बचाउने उपाय नभएकाले रोग लाग्नै नदिनु बच्ने एकमात्र उपाय भएको बताएका छन् ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी ले मानिसलाई सतर्क रहन आग्रह गरेको छ । सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा ६६ जनामा एच फाइभ एन वन बर्ड फ्लु पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकाबाहिर ९ सय ५० जनाभन्दा धेरै जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com