ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन


एबीसी न्यूज

काठमाडौं २२ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै यसको व्यवस्थापन अनुगमन गर्न कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई पनि भनेको छ ।

कर्मचारीहरूको सरुवा, काज र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र सरकारी स्रोतसाधनको दुरुपयोग हुँदै आएको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो ।

कार्यालयले हिजो पठाएको पत्रमा तीन दिनभित्र कर्मचारीको जिम्मेवारी तोक्न, बाँकी कर्मचारीहरूको व्यवस्थापन गर्न र त्यसको जानकारी कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रलाई यस कार्यको प्रगति अनुगमन गरी चौथो दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा विगतका सचिव स्तरीय बैठकहरूमा कर्मचारी व्यवस्थापनसम्बन्धी गरिएका निर्णयहरूको कार्यान्वयनमा लापरबाही भएको उल्लेख छ ।

सरुवा गर्दा रिक्त पदको विवरण यकिन नगरी निर्णय गरिनु, विभागीय प्रमुखको पदस्थापनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति नलिइनु र तल्लो श्रेणीका कर्मचारीलाई उच्च पदका जिम्मेवारी तोक्ने प्रवृत्तिले कर्मचारी व्यवस्थापन प्रणाली कमजोर बनाएको छ ।

सरुवा भएका कर्मचारीलाई समयमा रमाना नदिइने र जिम्मेवारी नतोकिएकै कारण उनीहरू कामविहीन अवस्थामा बस्न बाध्य भएका भन्दै कार्यालयले यसबाट कर्मचारीहरूको मनोबलमा गिरावट ल्याउनुका साथै सेवा प्रवाहमा प्रत्यक्ष असर परेको पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com