ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा युद्धविरामका लागि कतारमा पुन: वार्ता शुरू


एबीसी न्यूज

काठमाडौं २२ पुस । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा इजरायली प्रतिनिधिमण्डलसहित कतारमा वार्ता शुरू भएको छ । बन्धक रिहाई र युद्धविराम व्यवस्थाबारे छलफल गर्न इजरायली सरकारले प्रतिनिधिमण्डलको टोली कतार पठाएको हो ।

प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल ९आईडीएफ० का अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिएको र टोलीले हरेक बन्धकलाई फिर्ता गर्ने बीबीसीले जनाएको छ ।

वार्ता शुरू भएसँगै हमासले इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो कब्जामा रहेकी इजरायली बन्दी लिरी अलबागको भिडियो सार्वजनिक गरेको हो ।

इजरायलसँग युद्धविराम र बन्दी रिहाईसम्बन्धी सम्झौताबारे कतारमा वार्ता शुरू भएकै समयमा हमासले १९ वर्षीया अलबागको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेकी छिन् ।

सन् २०२३ को अक्टोबरमा हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको थियो । अलबाग तिनै छ जनामध्ये एक हुन् । यीमध्ये पाँच जना अहिले पनि हमासको कब्जामा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com