ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो कार्यकाल अघि ट्रम्पलाई प्रधानन्यायाधीशको गम्भीर चेतावनी


एबीसी न्यूज
पुस १९, २०८१ शुक्रबार   ११ : ४८   बजे

काठमाडौं १९ पुस । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका छन्।

संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्।

‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबर्ट्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् ।

‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्, ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको छ ।’

 

उनले ट्रम्पतर्फ संकेत गर्दै लेखेका छन्, ‘तर, पछिल्लो केही वर्षहरूमा, राजनीतिक दृष्टिकोणका विभिन्न तर्फका निर्वाचित अधिकारीहरूले संघीय अदालतका निर्णयहरूको खुलेआम अवज्ञाको खतरा उठाएका छन्।’

रोबर्ट्सले आफ्नो प्रतिवेदनमा ट्रम्प, राष्ट्रपति जो बाइडेन वा अन्य कुनै पनि सांसदको नाम उल्लेख गरेका छैनन्, यद्यपि दुवै कार्यकारीहरूसँग सार्वजनिक विवाद भएका छन्।

‘कहिलेकाँही मात्रै आउने भए पनि यी खतरनाक सुझावहरू दृढ रूपमा अस्वीकार गर्नुपर्छ। न्यायिक स्वतन्त्रता जोगाउनै पर्ने विषय हो,’ रोबर्ट्सले तर्क गरेका छन्।

उनले दिवंगत न्यायाधीश रूथ बेडर गिन्सबर्गलाई उद्धृत गर्दै भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका कुनै पनि देशमा कानुनी शासनका लागि अत्यावश्यक छ, तर यो आक्रमणको जोखिममा हुन्छस यदि समाजले यसको संरक्षण सुनिश्चित गर्न ध्यान नदिने हो भने यो टुट्न सक्छ।’

‘म सम्पूर्ण अमेरिकीहरूलाई हाम्रो संस्थापक पुस्ताबाट प्राप्त यो सम्पत्ति बुझ्न र यसको स्थायित्वलाई सम्मान गर्न आग्रह गर्दछु,’ प्रधानन्यायाधीश रोबर्ट्सले लेखेका छन् ।

उनले पूर्व प्रधानन्यायाधीश चार्ल्स इभान्स ह्युजलाई पनि उद्धृत गरेका छन्, जसले कुनै बेला सरकारका तीनवटा अंगहरूले सफल सहकार्यमा काम गर्नुपर्छ, जसले स्वतन्त्रता सुनिश्चित गर्न न्यायिक निष्पक्षता र स्वतन्त्रता सहित सरकारी निकायहरूको प्रभावकारी सञ्चालन सम्भव बनाउँछ।’

उनले अगाडि थपेका छन्, ‘हाम्रो राजनीतिक प्रणाली र आर्थिक सशक्तता कानुनी शासनमा निर्भर छ ।’

प्रधानन्यायाधीशले न्यायपालिका धम्की र गलत सूचनाको खतरा सामना गरिरहेको व्याख्या गरेका छन् । ‘न्यायाधीशहरूप्रति गरिएको हिंसा, धम्की र विरोधले हाम्रो गणतन्त्रलाई कमजोर बनाउँछ र यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भनेका छन् ।

‘मुद्दाहरूमा भएका निर्णयका कारण न्यायाधीशहरूलाई डर देखाउने प्रयास अनुचित हो र यसको कडा रूपमा विरोध गर्नुपर्छ,’ उनले भनेका छन् । साथै, सार्वजनिक अधिकारीहरू र अरूले निर्णयको आलोचना गर्न सक्छन्, तर उनीहरूले आफ्नो टिप्पणीले ‘अधिकारीहरूबाट खतरनाक प्रतिक्रिया उत्पन्न गराउन सक्छ’ भन्ने कुरामा सचेत हुनुर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाले यी विकृतिहरूलाई बढाइचढाइ दिन सक्ने पनि उनले चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश रोबर्ट्सले न्युयोर्क टाइम्सको समाचार उल्लेख गर्दै केही घटनाहरूमा न्यायाधीशहरू सार्वजनिक कार्यक्रममा बुलेटप्रूफ ज्याकेट लगाउन बाध्य भएका उल्लेख गरेका छन् ।

अमेरिकाको मार्शल्स सेवाको तथ्यांकका अनुसार संघीय न्यायाधीशहरूलाई लक्षित धम्कीहरू पछिल्लो दशकमा तीन गुणाले बढेका छन् । अमेरिकाका विस्कन्सिन र मेरिल्यान्डका राज्य अदालतका न्यायाधीशहरू आफ्नै घरमा मारिएका थिए।

‘न्यायाधीशहरूको कामका कारण उनीहरूलाई लक्षित गरी गरिने हिंसा, धम्की र अवज्ञाले हाम्रो गणतन्त्रलाई कमजोर बनाउँछ र यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group