ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी


एबीसी न्यूज

काठमाडौं १८ पुस । नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए ।

तर, पार्टी बैठकमा सहभागी भएका तस्वीरहरू सार्वजनिक गरिएको थिएन । आजको बैठकमा पुन सहभागी भएका तस्वीर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

 

माओवादीका नेताहरूका अनुसार पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

नन्दबहादुर पुन नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति हुन् । सात वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका नन्दबहादुर पार्टी राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् । उनकै चाहनाअनुसार पार्टीले भूमिका दिन खोजिएको माओवादी नेताहरू बताउँछन् ।

यसअघि नन्दबहादुरलाई पार्टीको भूमिका दिने विषयमा विधानको व्यवस्था अध्ययन गर्नेगरी माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झापा–५ मा आचारसंहिता उल्लङ्घन: राप्रपाको बालेन शाहमाथि गम्भीर आरोप

मोरङ–५ मा शिवकुमार मण्डलदेखि काठमाडौं–५ सम्म दर्ता भए उम्मेदवारी, रास्वपाको कास्कीमा उत्साहजनक प्रदर्शन

सम्बन्धित

झापा–५ मा आचारसंहिता उल्लङ्घन: राप्रपाको बालेन शाहमाथि गम्भीर आरोप

मोरङ–५ मा शिवकुमार मण्डलदेखि काठमाडौं–५ सम्म दर्ता भए उम्मेदवारी, रास्वपाको कास्कीमा उत्साहजनक प्रदर्शन

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

एमालेको खेल : एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री यादव र कांग्रेस छाडेर आएका अन्सारी दुवैले गुमाए टिकट

बालेन्द्र साहले झापा ५ मा उमेद्वारी दर्ता गरे

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com