ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा एकैचोटि १५ जना किच्ने ट्रकका चालकको तस्बिर सार्वजनिक


एबीसी न्यूज
पुस १८, २०८१ बिहीबार   ४ : २९   बजे

काठमाडौं १८ पुस । अमेरिकाको न्यु अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा १५ जना मर्नेगरी मानिसको भीडभित्र पसेको ट्रकका चालकको तस्बिर सार्वजनिक भएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार बुधबार भएको सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन्।

उक्त घटना अनुसन्धान गरिरहेको अमेरिकी अनुसन्धान एजेन्सी ९एफबीआई० ले आरोपित चालकको तस्बिर सार्वजनिक गरेको हो।

सार्वजनिक तस्बिरका व्यक्ति ४२ वर्षीय पूर्वसैनिक शमसुद्दिन जब्बार हुन्। उनी टेक्सासका बासिन्दा भएको बीबीसीले जनाएको छ।

घटनालगत्तै प्रहरीले हानेको गोली लागेर ट्रक चालक शमसुद्दिनको पनि मृत्यु भइसकेको जनाइएको छ।

एफबीआईले मानिस किच्ने ट्रकमा चरमपन्थी संगठन आईएसको झण्डा भेटिएको बताएको छ। साथै हतियार पनि बरामद भएको छ।

घटनामा अन्य कोही संलग्न थिए वा थिएनन् भन्नेबारे अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ।

अभियुक्तले किन आक्रमण गरे भन्ने खुल्न सकेको छैन। यस विषयमा पनि अनुसन्धान जारी छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आक्रमणकारी चरमपन्थी संगठन आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group