ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट हङकङ पाँच विकेटले पराजित


admin

काठमाडौँ, २८ फागुन ।  आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ ।

दुई अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुई अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन ।

सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ ।

नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२÷१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे ।

बलिङतर्फ हङकङका अइजाज खान र एहसान खानले दुई÷दुई विकेट लिए ।

त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com