ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२४ : विश्व परिवेशमा राजनीतिक परिवर्तनदेखि अन्तरिक्ष अन्वेषणका लागि महत्त्वपूर्ण


एबीसी न्यूज

काठमाडौं १६ पुस । इस्वी संवत‍्को नयाँ वर्ष २०२५ आज मध्यरातदेखि शुरुआत हुँदैछ । सन् २०२४ को बिदाइ र नयाँ वर्षको स्वागत गर्न विश्वभर कार्यक्रम भइरहेका छन् । बित्न लागेको वर्ष सन् २०२४ मा मुख्यगरी विश्वमा के–कस्ता घटना–परिघटना भए त रु

सन् २०२४ सकिनै लाग्दा भएका केही दुःखद घटना

वर्ष सन् २०२४ को अन्तिम हप्तामा मुख्य तीन वटा दुःखद घटना भएका छन् । गएको बिहीवार भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भयो । उहाँको निधनमा त्यहाँको सरकारले सात दिनको राजकीय शोक मनाउने घोषणा गरेअनुसार नयाँ वर्षको पहिलो दिन भोलिसम्म भारतमा राष्ट्रिय शोक छ । सिंह भारतको शीर्ष पदमा पुग्ने पहिलो शिखसमेत हुनुहुन्थ्यो । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्थ्यो ।

सिंहको निधन भएको तीन दिनपछि अमेरिकाका पूर्व ।राष्ट्रपति जिमी कार्टरको अस्ति आइतवार निधन भयो । कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति बन्नुभएको थियो । नेपालप्रेमी कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । नेपालमा शान्ति स्थापना कायम गर्न जिमी कार्टरको महत्त्वपूर्ण भूमिका रहेको छ ।

यस्तै अस्ति आइतवार दक्षिण कोरियामा विमान दुर्घटना हुँदा विमानमा रहेका एक सय ८१ मध्ये एक सय ७९ जनाको ज्यान गयो । जेजु एअरको विमान थाइल्यान्ण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । यो दुर्घटनामा दुई जनाको भने जीवितै उद्धार गरिएको थियो ।

डिसेम्बरमै अजरबैजानको जहाज काजकिस्तानमा दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो भने २९ जना बाँच्न सफल भए । रुसले यो जहाज भुलवश खसालेको भन्दै आलोचना भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले माफी माग्नुभएको छ ।

सन् २०२४ मा धेरै ठाउँमा द्वन्द्व, हत्या, हिंसाका घटना

यो वर्ष मध्यपूर्व द्वन्द्व निकै चर्चाको विषय रह्यो । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीहरूको सङ्ख्या ४५ हजार जना नाघेको छ । इजरायलले लेबनान र यमनमा पनि आक्रमण गरेर हजारौंको ज्यान लिएको छ । इजरायलले हमासका नेता र अक्टोबर ७ तारिखमा मुख्य योजनाकार याह्या सिनवार, हमासका कमान्डर इस्माइल हानिया, हिजबुल्लाहका कमान्डर हसन नसरुल्लाहलगायतको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त गर्‍यो । यद्यपि द्वन्द्वको निकास निस्किसकेको छैन । इजरायल र इरानबीचको मिसाइल हानाहानले तेस्रो विश्वयुद्ध हुने डर पैदा गरेको थियो ।

त्यसैगरी सिरियामा २४ वर्षदेखि सत्तामा रहेका बशर अल–असदको सरकार अपदस्थ भयो । इस्लामवादी विद्रोही समूहले नोभेम्बर २७ तारिखमा शुरू गरेको आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट भाग्न बाध्य हुनुभयो ।

यो वर्ष पनि रुस–युक्रेनबीचको लडाइँले मानवीय तथा भौतिक क्षति पुर्याएको छ । सन् २०२२ फेब्रुअरी २४ तारिखदेखि रुसले युक्रेनको भूमि कब्जा गर्दै आएकोमा यो वर्ष भने संसारका धेरैलाई चकित तुल्याउनेगरी युक्रेनले पनि रुसी भूमि कुर्स्क कब्जा गर्‍यो । तर यो वर्ष रुसले युक्रेनका एक सय ९० वटाभन्दा धेरै गाउँ कब्जा गरेकाले युक्रेनको कब्जालाई सफलता मान्न नसकिने विश्लेषण हुँदै आएको छ । यही नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रुसी भू–भागमा पश्चिमाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने चेतावनीसमेत दिनुभएको छ ।

केही समय रोकिएको सुडान युद्ध यो वर्ष पनि चलिरह्यो । द्वन्द्वले अरू क्षतिसँगै एक करोड १० लाख जना मानिसलाई विस्थापित गरेको छ ।

डोनाल्ड ट्रम्पको पुनरागमनदेखि अरू राजनीतिक घटना

सन् २०२४ मा विश्वका ८० वटा देशमा चुनाव भए । यसमा विश्वका शक्तिशाली र ठूला देश पनि थिए । अमेरिकी राष्ट्रपतिका लागि यस वर्ष भएको चुनावमा डोनाल्ड ट्रम्पको पुनरागमन भएको छ । राष्ट्रपतीय चुनावमा जो बाइडेन पछि हटेपछि उम्मेदवारी दिनुभएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले पराजित गर्नुभयो । विभिन्न अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास पनि भएका थिए । ट्रम्प अबको केही दिनपछि अर्थात् सन् २०२५ को जनवरी २० तारिखमा ह्वाइट हाउस फर्कनुहुनेछ ।

यस्तै भारतमा भएको चुनावबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरू गर्नुभयो । सरकार बनाउन मोदीको भारतीय जनता पार्टी ९भाजपा० अन्य साना दलसँगको गठबन्धनमा निर्भर रहनुपर्‍यो ।

बङ्गलादेशमा सरकारी जागिरमा कोटाको व्यवस्थालाई लिएर महिनौंदेखि चलेको विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुपर्यो । बङ्गलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको कामचलाउ सरकार गठन भयो ।

बेलायतमा लेबर पार्टीका कर स्टार्मरले कन्जर्भेटिभ दललाई सत्ताबाट बाहिर पुर्‍याएको अवस्था छ ।

यस्तै डिसेम्बरमा भएको अविश्वासको मतदानमा हार बेहोरेपछि फ्रान्समा माइकल बार्नियरको सरकार ढल्यो ।

सेप्टेम्बरमा भएको चुनावले जर्मनीको सत्तारूढ गठबन्धनलाई सरकारबाट बाहिर पुर्‍यायो ।

श्रीलङ्कामा वाम दलहरूले दुई तिहाइ बहुमत ल्याए । कम्युनिस्ट नेता अनुराकुमारा दिशानायके राष्ट्रपति बन्नुभएको छ ।

आज सकिँदै गरेको वर्ष २०२४ मा दक्षिण कोरियाको राजनीतिमा पनि निकै उचारचढाव आयो । राष्ट्रपति यून सुक योलले एकाएक सैन्य कानून लागू गर्नुभयो । तर उहाँको यो कदम ६ घन्टा पनि टिकेन । आजमात्रै दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।

विपद्का घटना र क्षति

सन् २०२४ लाई सम्झिँदा प्राकृतिक विपद्का घटना र क्षति पनि भएका छन् । वर्षको शुुरुआत नै प्राकृतिक विपद्बाट भयो । नयाँ वर्षको पहिलो दिनमा जापानको नोतो प्रायद्वीपमा विनाशकारी भूकम्प गयो । यस भूकम्पमा परेर दुई सय ५० जनाको ज्यान गएको थियो ।

विषम मौसमी अवस्थाको कहर विश्वभर नै देखा परिरह्यो । मार्च र अप्रिलमा अचानक आएको बाढी र बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा एक हजार जनाभन्दा धेरैको ज्यान गयो । ब्राजिल, इन्डोनेसिया, स्पेन र केन्यामा विनाशकारी बाढी आयो । पपुवा न्युगिनीमा गएको पहिरोमा परेर ६ सय जनाभन्दा धेरैले ज्यान गुमाए ।

त्यस्तै सन् २०२४ अहिलेसम्मको रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा एक दशमलव पाँच डिग्री सेल्सियस बढी थियो ।

स्पेनमा आएको बाढीमा दुई सय ५० जनाभन्दा धेरैको ज्यान गयो ।

सन् २०२४ को पहिलो १० महिनामा अमेरिकामा मौसमसम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक अर्ब डलरको क्षति पुर्‍याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ ।

सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिण–पूर्वी अमेरिकामा प्रहार गर्‍यो । हालै सम्पन्न जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही प्रगति गरेको अवस्था छ ।

खेलकुद क्षेत्र

ग्रीष्मकालीन ओलम्पिक यसै वर्ष फ्रान्सले सफलतापूर्वक सम्पन्न गर्‍यो । यसपटक पनि अमेरिका र चीनबीच सर्वाधिक स्वर्ण जित्ने होडबाजी चल्यो । त्यस्तै अमेरिकाले वेस्ट इन्डिजसँग मिलेर पहिलो पटक आईसीसी टी–२० विश्वकप आयोजना गर्‍यो । नेपालले १० वर्षपछि विश्वकप खेल्यो । यो विश्वकपको उपाधि भारतले उचाल्यो । एकै वर्ष युरो तथा कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजना भयो । स्पेनले युरो कपको र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्यो । टेनिसका राफेल नाडालले यसै वर्ष सन्न्यास लिएका छन् । यस्तै बक्सिङका पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन १९ वर्षपछि रिङमा फर्किनुले पनि यो वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा चर्चा कमायो ।

अन्तरिक्ष अन्वेषणका लागि सन् २०२४ निकै महत्त्वपूर्ण

अन्तरिक्ष अन्वेषणका लागि सन् २०२४ निकै महत्त्वपूर्ण रह्यो । जनवरीमा चन्द्रमाको क्रेटरमा जापानी यान स्लिम अवतरण भयो अनि तीन महिनासम्म यसले त्यहाँ सङ्कलन गरेको तथ्यलाई पृथ्वीमा पठाइरह्यो । चीनले अहिलेसम्म कोही पुग्न नसकेको चन्द्रमाको हिस्साबाट माटोको नमूना सफलतापूर्वक ल्यायो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान विक्रम ल्यान्डरको सफल अवतरण गराएर भारत पनि चन्द्रमामा पुग्ने चौथो देश बन्यो । गएको जुनमा ८ दिनका लागि मात्रै भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गएका दुई जना अमेरिकी अन्तरिक्षयात्री त्यहीँ अलपत्र परेका छन् । सन् २०२५ को फेब्रुअरीमा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको यानमा बसेर पृथ्वीमा फर्किने भनिए पनि यो निश्चित भइसकेको छैन ।

यस्तै यो वर्ष नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान एक हजार सात सय डिग्री फरेनहाइट अर्थात् नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com