ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा पूर्वराष्ट्रपति असदका समर्थकको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए


एबीसी न्यूज
पुस ११, २०८१ बिहीबार  ११ : ४४ बजे

काठमाडौं ११ पुस । सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई गिरफ्तार गर्न गएका सुरक्षाकर्मीहरु माथि घात लगाएर एम्बुसमा पारेर आक्रमण भएको थियो ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स ९एसओएचआर०ले आक्रमणमा १४ सुरक्षाकर्मी र ३ जना असद समर्थक आक्रमणकारीसहित १७ जना मारिएको जनाएको छ ।

सुरक्षाकर्मीहरु असद निकट मोम्मद कन्जो हसनलाई गिरफ्तार गर्न गएका थिए । हसनमाथि सैदनया जेलका बन्दीहरुमाथि अत्याचार गरेको आरोप छ ।

 

दुई हप्ता अगाडि सशस्त्र विद्रोही समूह हयात तहरीर अल शाम ९एचटीएस०का लडाकुहरु राजधानी प्रवेश गरेपछि राष्ट्रपति बसर अल असद देश छाडेर रुसमा शरण लिएर बसिरहेका छन् । त्यसयता सिरियाका ठाउँठाउँमा विभिन्न घटनलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ ।

मंगलबार टार्टसको भूमध्यसागरको बन्दरगाह नजिक क्रिसमस ट्रि जलाएको लगायतका घटनाको विषयलाई लिएर विरोध प्रदर्शन भएको थियो । बुधबार धार्मिक केन्द्रमा आक्रमण भएको एउटा पुरानो भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि तनाव सिर्जना भएको थियो ।

बुधबार टार्टस, लताकिया र जबलेह क्षेत्रमा केही प्रदर्शनकारीहरुले ‘हामी शान्ति चाहन्छौं’ भन्दै र्‍याली निकालेका थिए । दुई पक्षबीचको झडपलाई रोक्ने उद्देश्यले स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

असद परिवारको ५० वर्ष लामो सत्ता एचटिएस विद्रोहीले ढालेको थियो । एचटिएसलाई संयुक्त राष्ट्र संघ, अमेरिका, युरोपेली संघ र बेलायतले आतंकवादी संगठनको सूचीमा राखेका छन् । तर, रुस समर्थित असदको सत्ता ढलाउन अमेरिकाले त्यही विद्रोही समूह एचटिएसलाई सघाएको आरोप छ । असदको सत्ता ढलेपछि उनका समर्थक र विरोधीहरुबीच झडप हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com