ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जनसाङ्ख्यिक सङ्कट


एबीसी न्यूज
पुस ११, २०८१ बिहीबार  ११ : १२ बजे

काठमाडौं ११ पुस । दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष पुगेसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ अर्थात ‘अति वृद्ध’ समाज बनेको सामाचारसंस्था सीएनएनले जनाएको छ ।

दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार एक करोड दुई लाख जना मानिस ६५ वर्ष वा त्यसभन्दा माथिका छन् । दक्षिण कोरियाको जनसङ्ख्या पाँच करोड १० लाख छ । २० प्रतिशत मानिस बुढ्यौली समूहका रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएसँगै दक्षिण गम्भीर जनसाङ्ख्यिक सङ्कटमा फसेको छ ।

दक्षिण कोरियामा सन् २००८ मा बुढ्यौली उमेर समूहका मानिस कुल जनसङ्ख्याको १० प्रतिशत थिए । सन् २०१९ मा १५ प्रतिशत नाघेकोमा अहिले बढेर २० प्रतिशत पुगेको हो । सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर शून्य दशमलव ७२ मा झरेको छ । यो विश्वकै सबैभन्दा कम जन्मदर हो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० को मापदण्ड अनुसार २० प्रतिशत मानिस बुढ्यौली समूहका रहनुलाई जनसाङ्ख्यिक सङ्कट मानिन्छ । डब्लूएचओले सात प्रतिशत नागरिक ६५ वर्ष वा त्योभन्दा बढी उमेरका रहेको देशलाई ‘एजिङ’ समाजको वर्गमा राखेको छ । त्यस्तै, १४ प्रतिशत बुढ्यौली भएमा ‘एज्ड’ र २० प्रतिशतभन्दा धेरै बुढ्यौली भएमा ‘सुपर एज्ड’ समाजमा वर्गीकरण गरेको छ ।

विश्वमा सबैभन्दा पहिले सन् २००६ मा जापान ‘सुपर एज्ड’ समाज बनेको थियो । अहिले विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत मानेर ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com