ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव राजीनामा दिएर काठमाडौं फिर्ता


एबीसी न्यूज
पुस १०, २०८१ बुधबार   ११ : १०   बजे

काठमाडौं १० पुस ।  केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव दामोदर गौतम अचानक राजीनामा पत्र बुझाएर काठमाडौं फर्किएका छन् ।

गत पुस ४ गते मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव गौतम भोलिपल्ट पुस ५ गते नै प्रमुख सचिव लोकनाथ पौडेललाई राजीनामा पत्र बुझाउँदै फर्किएका हुन् ।

उनले लेखेको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा छ । सो पत्रमा प्रमुख सचिव लोकनाथ पौडेलले तोकसमेत लगाइदिएका छन् ।

उनको राजीनामा सरकारले स्वीकृत भने गरिसकेको छैन । सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।

गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोक सेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ । तर गौतम पदस्थापन भएको लोक सेवा आयोग कार्यालयमा पनि हाजिर भएका छैनन् ।

सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ । ‘‘स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको हुँदा राजीनामा गरेको हुँ‘’ उनले लेखेका छन् । राजीनामा पत्रको तल उनले आफ्नो कर्मचारी संकेत नम्बर पनि उल्लेख गरेर हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेलसँग गौतमको विवाद भएको थियो । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘राजीनामा पत्र लेखेर बुझाउँदा उहाँ तनावमा जस्तो देखिनुहुन्थ्यो । प्रमुख सचिवको व्यवहारले आत्मसम्मानमा ठेस पुगेपछि उहाँले राजीनामा दिएको हुनसक्छ ।’

मुख्यमन्त्री सतिशकुमार सिंह उनको राजीनामाको विषयमा भने अनभिज्ञ छन् । ‘राजीनामाको विषय मलाई थाहा भएन । उहाँ कार्यालयमा आइसकेपछि मलाई प्रदेश लोक सेवा आयोगको सचिवमा पदस्थापन गरिदिन भन्नुभएको थियो । उहाँको इच्छा अनुसार नै आइतबारको क्याबिनेट बैठकबाट पदस्थापनको निर्णय गरेका छौं’ मुख्यमन्त्री सिंहले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group