ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल


एबीसी न्यूज

काठमाडौं १० पुस । किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनको विषयमा राष्ट्रिय किसान आयोगले सरोकारवाला निकायसँग छलफललाई तीव्र पारेको छ । आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक छलफल गरिरहेको छ ।

मुख्यगरी पालिकासँग आयोगले समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याबारे प्राप्त जानकारी पुर्‍याउने उद्देश्य राखेको छ । पालिकामा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था, समस्या र चुनौती र यसमा उठ्ने गरेका सवालबारे हिजो रुपन्देहीको भैरहवामा छलफल कार्यक्रम गरिएको छ ।

छलफल कार्यक्रममा रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको थियो ।

कार्यक्रममा आयोगका सदस्य सूर्यप्रसाद खनाल, पुष्पा भुसाललगायतले किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र त्यसैको आधारमा राज्यबाट प्रवाह हुने कृषिसँग सम्बन्धित सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकोबारेमा जानकारी गराउनुभएको थियो ।

सबै पालिकाले किसान सुचीकरण कार्यक्रम प्रभावकारी सञ्चालन गर्न तथा वर्गीकरणसमेत गरी परिचयपत्र वितरण गर्न राष्ट्रिय किसान आयोगको निरन्तर आग्रह गर्दै आएको छ । आफ्नो पायक पर्ने वडा कार्यालय वा सम्बन्धित पालिका तहमा सम्पर्क गरी सुचीकृत हुन सकिन्छ ।

चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत गर्ने लक्ष्य लिएको हो ।

कृषि पेशारव्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण सङ्केत नम्बर अनिवार्य रहेकोले सफ्टवेयरमा आबद्ध हुनु आवश्यक छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसान सूचीकरण व्यवस्थापन प्रणालीमा तोकिएको विवरण भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप : साढे २ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com