ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा पनि कांग्रेस–एमालेको संयुक्त कार्यदल गठन


एबीसी न्यूज

काठमाडौं १० पुस । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि संयुक्त कार्यदल गठन गरेका छन्।

संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए । ‘विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी हामीले कार्यदल बनाएका हौं’ उनले भने, ‘यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्नेछ ।’

कार्यदलमा दुवै दलका संसदीय मामिला विभाग प्रमुख, प्रतिनिधि सभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहनेछन् । कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार छन् भने एमालेमा योगेश भट्टराई छन् ।

संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको आजको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी थिए । यो छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

 

सरकारको समग्र काममै सहजीकरण गरिरहेको कार्यदलमा रहेका यी नेताहरु बाहेक संसदीय फाँटका जिम्मेवारीमा दुवै दलका नेताहरु आजको छलफलमा सहभागी थिए । ‘आजको छलफल संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित रह्यो । कार्यदल बनाइएकाले अब हामी संसदमा कोरम नपुग्ने, विधेयकहरु पारित गर्न समस्या हुने जस्ता विषयमा केन्द्रित भएर काम गर्छौ’, भट्टराईले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com