ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो


एबीसी न्यूज

काठमाडौं १० पुस ।   नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।

सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्ष यानबाट सूर्यको छेउमा भएको अवस्थाबारे जानकारी आउन पर्सि शुक्रवारसम्म प्रतीक्षा गर्नुपर्ने खबरमा उल्लेख छ ।

यो नासाको अहिलेसम्मकै महत्त्वपूर्ण र उपलव्धिमूलक लक्ष्य भएको र यसले ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको काम गरेको वैज्ञानिकहरुको भनाइ छ ।

पार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com