ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित


एबीसी न्यूज
पुस ९, २०८१ मंगलबार   ४ : २८   बजे

काठमाडौं ९ पुस । नेपालका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी(२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो ।

भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई टिममा लिइएको जानकारी दिँदै भनेका छन्, ुउनी युवा खेलाडी हुन् । युवा खेलाडी भए पनि माथिल्लो स्तरमा उनले उल्लेख्य अनुभव बटुलिसकेका छन् । ु

मल्ल नेपालबाट ट्वान्टी(२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौँ ब्याटरमा पर्छन् । उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन् । एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए । उनले ३४ बलमा शतक हानेका थिए । त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन् । उनले ओडीआई र ट्वान्टी(२० अन्तर्राष्ट्रियमा गरी ४३ विकेटसमेत लिएका छन् ।

डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी(२० को उपविजेता टिम हो । २०२५ को संस्करणको पहिलो खेलमा भाइपर्सले आबुधाबी नाइटराइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । डेजर्ट भाइपर्समा एलेक्स हेल्स, कोलिन मुनरो, रोहन मुस्तफा, वानिन्दु हसरङ्गा, सेरफाने रदरफोर्ड। सेल्डन कोटरेल, टम कुरान, साम बिलिङ्स। ल्युक वुड, दिनेश चण्डिमाल, रुबेन ट्रम्पलम्यानलगायतका विश्वचर्चित क्रिकेटर सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group