ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समिति सभापति पोखरेलले श्रीमतीको बिदा थपको पत्र विद्यालयमा पठाए


एबीसी न्यूज
पुस ९, २०८१ मंगलबार   ४ : ०७   बजे

काठमाडौं ९ पुस । मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएका छन्।

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन्। कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन्।

 

उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा शुक्रबार सकिएको थियो। त्यसपछि ऋषिकेश पोखरेल मार्फत बिदा थपका लागि अञ्जला कोइरालाको पत्र आएको विद्यालयका प्रधानाध्यापक पराजुलीले बताए। ‘अञ्जला म्यामकै नामबाट निवेदन आएको छ, तर दिनुभएको मात्र ऋषिकेश सरले हो,’ प्रधानाध्यापक पराजुलीले भने।

‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन।सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो।

 

यो मुद्दामा प्रतिवादी बनाइएका रोशन राजवंशी भने थुनामा छन् । धनपालथान गाउँपालिका– ४ का पूर्वअध्यक्ष राजवंशी आफैं पीडित भएको भन्दै प्रहरी कार्यालयमा हाजिर भएका थिए । आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख रुपैयाँ दिएर बाँकी अध्यक्ष रौनियारले प्रयोग गरेको राजवशीको गुनासो छ ।

सहकारीका लागि भन्दै निकालेको ऋण रौनियारले नतिरेपछि आफू समस्यामा परेको भन्दै प्रहरीमा हाजिर भएका उनलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको थियो । अन्य २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत मोरङले फरार रहेका २५ जनाविरुद्ध समाह्वान ९फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्तलाई अदालतबाट पठाउने पुर्जी० जारी गरेको थियो ।

पूर्जी जारी भएपछि गत सोमबार सांसद पत्नी कोइरालाले ५ दिनको बिदा लिएकी थिइन् । सो बिदा शुक्रबार सकिएपछि सांसद पोखरेलले नै स्कुलमा श्रीमतीको नामको निवेदन पठाइदिएका थिए ।

तर सार्वजनिक लेखा समिति सभापति पोखरेलले भने विद्यालयमा श्रीमतीको नामको निवेदन पठाएको विषयमा प्रतिक्रिया दिन चाहेनन् । तपाईंले बिदाका लागि पत्र पठाउनु भएको रहेछ नि भन्ने अनलाइनखबरको प्रश्नमा सभापति पोखरेलले भने, ‘मलाई थाहा छैन त्यो विषय ।’

सोमबारको लेखा समिति बैठकमा सदस्यहरुले पोखरेलको आलोचना गरेका थिए । उनले श्रीमती सम्पर्कमा नरहेको जिकिर गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

यो सहकारीका सञ्चालकले सदस्यको कागजात संकलन गरेको बैंकबाट ऋण लिने र बैंकको किस्ता सहकारीमा जम्मा गर्न लगाएका थिए । बैंकको किस्ता भन्दै ऋणीले सहकारीमा जम्मा गरेको रकम सञ्चालकले प्रयोग गर्ने गरेको आरोप छ। यो सहकारीमा अध्यक्ष रौनियारको एकल हालिमुहाली थियो ।

‘सफ्टवेयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ,’ सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘तर उक्त ऋणहरुको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैंले खाई मासी हिनामिना गरेको पाइन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group