ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको विकास महत्वपूर्ण – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं ७ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौँको नवौँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

अध्यक्ष प्रचण्डले नेपाली युवामा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनुभयो । आज सकिएको नेपाल प्रिमियर लिग ९एनपिएल० को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले क्रिकेटमा देशभरिका युवामा निकै ठुलो क्रेज छ । मैले आफ्नोतर्फबाट प्रधानमन्त्री हुँदा होस् वा विपक्षी दलको नेताको रूपमा क्रिकेटको विकासका लागि धेरै मेहनत गरेको छु । क्रिकेटको विकास गरेर त्यसमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउन र आर्थिक रूपमा देशलाई गतिशील बनाउन खेल क्षेत्रको विकासमा ध्यान दिनै पर्छ ।”

आफूलाई गोरखाका जनताले मत दिएर जिताएपछि नै तेस्रो कार्यकार्यलका लागि प्रधानमन्त्री बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गचित्र कोर्ने अवसर पाएको बताउनुभयो । आफूले प्रधानमन्त्रीका रूपमा गोरखाको विकासका लागि बजेट विनियोजनदेखि योजनाको प्राथमिकीकरणमा सक्दो प्रयास गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीका रूपमा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाए पनि अब अलि बढी नै जोडिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com