ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन सम्झौताका लागि ट्रम्पसँग भेट्न पुटिन तयार


एबीसी न्यूज
पुस ५, २०८१ शुक्रबार   ५ : ५२   बजे

काठमाडौं ५ पुस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।

जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो ।

ट्रम्पको आह्वानले किएभमा उनले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।

वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा ७२ वर्षीय उनले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताएका छन् ।

 

उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् ।

पुटिनले आत्मविश्वसका साथ भने, ‘अगस्टदेखि किएभको कब्जामा रहेको रूसको कुस्र्क क्षेत्रको केही भाग रूसले कहिले फिर्ता लिन्छ भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ।’

सम्भावित शान्ति सम्झौताका बारेमा ट्रम्पको प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले अमेरिकी सत्ता सम्हाल्न लागेको रिपब्लिकन पार्टी र यसका नेतासँग भेटवार्ताको वातावरण बनेमा यसका लागि आफू तयार रहेको बताए ।

पुटिनले भने, ‘निस्सन्देहः कुनै पनि समय म वार्ताको लागि तयार छु तर मलाई थाहा छैन उहाँसँग भेट्ने वातावरण कहिले बन्छ । उनले यस विषयमा केही पनि भन्नुभएको छैन । चार वर्षभन्दा बढी समयदेखि मैले उहाँसँग कुरा गरेको पनि छैन।’

उनले भने, ‘मलाई विश्वास छ, यदि हामीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग भेट गर्यौं भने हामीले धेरै कुरा गर्नेछौं।’

पूर्वी युक्रेनमा रुसी सेना महिनौंदेखि अघि बढिरहेको छ र पुटिनले युद्धभूमिमा बारम्बार आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

तर, युक्रेनी आक्रमणका क्रममा फ्रन्टलाइन एरियाबाट हजारौँलाई बाहिर निकालिएपछि कुस्र्क क्षेत्रका एक महिलाले त्यहाँका बासिन्दालाई आफ्नो घर फर्कन कहिले सकिन्छ भनेर सोधेको प्रश्नमा पुटिनले मिति तोक्न नसकिने बताए ।

उनले भने, ‘बिल्कुल, हामी उनीहरूलाई पूर्ण रूपमा बाहिर निकाल्नेछौँ । यो अरू कुनै तरिका हुन सक्दैन। तर निश्चित मितिबारे मलाई माफ गर्नुहोस्, म अहिले नै भन्न सक्दिनँ।’

पुटिनलाई सैन्य खर्चमा ठूलो वृद्धि र द्वन्द्वका कारण भएको श्रमको गहिरो अभावका कारण रूसले सामना गर्नुपरेको आर्थिक सङ्कटबारे पनि सोधिएको थियो ।

उनले कम बेरोजगारी र औद्योगिक वृद्धिको हवाला दिँदै बाह्य खतराका बावजुद अर्थतन्त्र स्थिर रहेको बताए ।

बढ्दो मुद्रास्फितिबारे सोधिएको प्रश्नमा पुटिनले भने, ‘मुद्रास्फीति चिन्ताजनक संकेत हो । मख्खन र मासुजस्ता खाद्यपदार्थको मूल्य वृद्धि ‘अप्रिय’ भएको उहाँले स्वीकार गर्नुभयो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group