ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै, काँग्रेस प्रतिपक्षमा बस्ने


admin

काठमाडौँ, २७ फागुन। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन र जनअपेक्षाअनुसारको आर्थिक समृद्धिका लागि वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने आग्रह गर्नुभयो ।

विगतमा राजपा नेपालले उठाएको संविधान संशोधनको माग पूरा हुन नसकेको बताउँदै नेपालीलाई संविधानप्रति अपनत्व खोज्नका लागि अहिलेको सरकार दुई तिहाइ बहुमत भएकाले माग पूरा हुने अपेक्षा गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले संविधान संशोधनमार्फत समानुपातिक समावेशीको व्यवस्था पूर्ण कार्यान्वयनको माग गर्दै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरतापछि जनताले सुशासन र समृद्धि चाहेको बताउँदै उहाँले यसका लागि समाजवाद उन्मुख राजनीति र अर्थ व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र आर्थिक विकास र समृद्धि सम्भव छ भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

सांसद लिङ्देनले दृढ इच्छाशक्ति भए देश बनाउन कुनै पनि बहुमत र अल्पमतले रोक्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीलाई विगतका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रधानमन्त्री ओलीको प्रतिबद्धता पूरा हुन सकेमात्र जनताका आशा भरोसा पूरा हुने बताउँदै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको जाहेर गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार राष्ट्रिय जनजीविकाको सवालमा सक्षम होस् भन्ने कामना गर्दै सरकारले युवालाई स्वदेशमा स्वरोजगारीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद पुष्पा भूसालले सरकारलाई लोकतन्त्र र मानवाधिकारका पक्षमा दृढताका साथ उभिन आग्रह गर्दै गुण र दोषका आधारमा सरकारका कामको समर्थन र विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भन्नुभयो ।

काँग्रेसका सांसद अतहर कमाल मुसलमानले सरकारबाट जनअपेक्षाअनुसारका काम भए नभएको खबरदारीका गर्न पनि काँग्रेस सशक्त प्रतिपक्षीका रुपमा रहने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com