काठमाडौं ४ पुष । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसका विषयमा बसर अल असदलाई सोधिदिने वाचा गरेका छन्।
टाइस २०१२ मा बेपत्ता भएका थिए। सिरियाबाट भागेका असदलाई हाल रुसले शरण दिएको छ। वार्षिक पत्रकार सम्मेलनमा असदसँग हालसम्म आफूले नभेटेको भन्दै पुटिनले चाँडै भेट्ने बताए।
‘म उनीसँग कुरा गर्ने छु। हामी समझदार छौँ, हामी कुरा बुझ्छौँ,’ उनले भने। टाइसको स्थितिबारे असदलाई जानकारी भए–नभएको सोधिदिने वाचा उनले गरे। एजेन्सी
प्रतिक्रिया दिनुहोस्