ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार   ११ : २३   बजे

काठमाडौं ४ पुष । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

 

मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३।९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ ।

कुनै पनि बेला ठूला धक्का जान सक्ने हुँदा क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने र उद्धारको तयारीमा जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।

यद्यपि पटक(पटक गइरहने साना धक्कालाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको मत छ । यसबाट लामो समय भूगर्भमा सन्चित भएको ऊर्जा बाहिरिने मद्दत मिल्छ ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७।६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group