ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली पुष भित्रै भारत भ्रमणमा जाने


एबीसी न्यूज
पुस ३, २०८१ बुधबार  ११ : ३७ बजे

काठमाडौं ३ पुष ।   प्रधानमन्त्री ओली पुषभित्रै भारत भ्रमणमा जाने, तयारीको लागि भारतीय राजदूत दिल्लीमै, परराष्ट्रमन्त्री राणापनि दिल्ली झर्दै
प्रधानमन्त्री केपी शर्मा ओली पुषभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । चीन भ्रमण सकेर फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जान लागेको खुलासा गरेका थिए । अहिले भारतीय पक्षले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्नको लागि परराष्ट्रमन्त्री डा। आरजु राणा यसै साता नयाँ दिल्ली ओर्लिने तय भएको छ । उनी यतिवेला युरोप भ्रमणमा छिन् । उनी दिल्ली ओर्लिएलगत्तै प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने भनिएको छ । अहिले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवपनि नयाँ दिल्लीमा नै रहेको बताईएको छ ।

भारतीय राजदूत पनि प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्न दिल्लीमा रहेको बुझिएको छ । परराष्ट्रमन्त्री डा। राणा नयाँ दिल्ली ओर्लिएपछिमात्रै भ्रमणको मिति तय गरिने भारतीय पक्षको भनाई छ । यसअघि एमालेका प्रभावशाली नेता डा। राजन भट्टराईले पनि प्रधानमन्त्री ओली छिट्टै भारत भ्रमणमा जाने जानकारी दिएका थिए । उनले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीलाई भारतबाट भ्रमणको निम्तो आईसकेको दाबीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com