ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन माओवादीको सर्कुलर


एबीसी न्यूज

काठमाडौं २ पुष । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन पार्टी मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।

गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय छ ।

‘सर्कुलरमा भनिएको छ, ‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी सञ्चलन गर्ने ।’

प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।

गत २४ मंसिरमा काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।

मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले सुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीति अनुसार सर्कुलर जारी भएको माओवादी नेताहरू बताउँछन् ।
२४ मंसिरदेखि एक महिनासम्म चल्ने हस्ताक्षर अभियानको संयोजक नागरिक अगुवा संयोजक श्याम श्रेष्ठ छन् ।

यो अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति०, जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com