ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित छैन : मन्त्री पाण्डे


एबीसी न्यूज

काठमाडौं २ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुर जिल्लामा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।

प्रस्तावित विमानस्थल निर्माण गर्नका लागि छुट्याइएको जग्गाको स्थलगत अवलोकन गर्न सोमबार अपरान्ह उदयपुरको त्रियुगा नगरपालिका(१ स्थित जोगिदह पुग्नुभएका मन्त्री पाण्डेले विमानस्थल निर्माण समितिद्वारा आयोजित एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखी निर्माणको काम रोकिएको बताउनुहुँदै मन्त्री पाण्डेले यहाँ जग्गाको मुआव्जासमेत तिर्नु नपर्ने अवस्था रहेको र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेर निर्माणको कायलार्ई सुचारु गर्न सरकारका विभिन्न निकायहरुबिच अहिले छलफल भइरहेको जानकारि गराउनुभयो। उहाँले उदयपुरको यो सगरमाथा विमानस्थल निर्माणका लागी लागत स्टमेट तयार गरेर जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले संयुक्त रुपमा बजेट विनियोजन गरी आर्थिक सुनिश्चितता गर्न अति आवश्यक रहेको भन्दै मन्त्री पाण्डेले राज्यसँग अहिले बजेट अभाव भएकोले यो योजनाका लागि बजेट विनियोजन गर्न नसकेकोले सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र यो विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी, मन्त्रालयका सचिव डा।गणेशप्रसाद पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं। १ का संघिय सांसद डाक्टर नारायण खडकासहित प्रस्तावित सगरमाथा विमानस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री पाण्डेले बजेट अभावको कुरा देखाउँदै जनस्तरको सहभागीतासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय भने विमानस्थल नबन्ने भन्दै निराश भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका(१ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका करिव १५ हजार रुख कटान गरि सगरमाथा विमानस्थल निर्माणको लागि जग्गा खाली गरिएको भएपनि पछिल्लो समय हरियो रुख काटेर काठ बयवासायी मार्फत ठूलो परिमाणमा काठ बिक्रि गर्ने बाहेक विमान स्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com