ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


एबीसी न्यूज
पुस २, २०८१ मंगलबार   १० : ५४   बजे

काठमाडौं २ पुष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा अन्दाजी ४५र५० वर्षको पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

डिएसपी जयसवालका अनुसार पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपुर्‍याइएको र थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group