ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन,अर्को समिति बनाउन सिफारिश


एबीसी न्यूज

काठमाडौं २ पुष । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी चयन अलपत्र परेको छ । पदाधिकारी सिफारिश गर्न गठित सिफारिश समिति अर्थात ९सर्च कमिटी०ले पदाधिकारी सिफारिशको निर्णय गर्न नसकेपछि समिति नै बिघटन भएको छ ।

यसबाट १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्यायको प्रकृया फेरि पछाडि धकेलिएको छ । म्याद सकिनु अगाडि सर्च कमिटीले अर्को सर्च कमिटी बनाउन सिफारिश समेत गरेको छ । दुई महिनाको समय दिएर सरकारले २०८१ साल कात्तिक दुई गते सर्च कमिटी गठन गरेको थियो ।

सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीले सूचना निकालेर अर्को सर्च कमिटी बनाउन अनुरोध गरिएको उल्लेख गर्नुभएको छ । ‘दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशसम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले यससम्बन्धी प्रकिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ’ गएराति निकालिएको सूचनामा उल्लेख छ ।

अल्पमत र बहुमतमा गएर निर्णय गर्नु राम्रो नहुने निष्कर्षसहित फेरि प्रकृया थाल्नुपर्ने निर्णयमा पुगिएको सूचनामा भनिएको छ । दुवै आयोगमा एकरएक जना अध्यक्ष र चाररचार जना सदस्य रहन्छन् ।

दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा सुदीप पाठक, डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिँजापति, विश्वराज कोइराला, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल रहनुभएको थियो ।

वि।सं।२०७९ साउनदेखि संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग पदाधिकारीविहीन छ । आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिश समितिले कात्तिक २३ मा सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो । राजनीतिक तहमा सहमति जुट्न नसक्दा आयोगमा पदाधिकारी चयन कार्य अलपत्र परेको टिका–टिप्पणी भइरहेको छ ।

शान्ति प्रक्रियाका कामहरू टुङ्गोमा नपुग्नुको पछाडि रहेका अन्तर्निहित कारणको समीक्षा तथा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आयोगका पदाधिकारीको चयन गर्दा शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ भन्नेमा समितिले विश्वास गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com