ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन,अर्को समिति बनाउन सिफारिश


एबीसी न्यूज
पुस २, २०८१ मंगलबार   १० : ३८   बजे

काठमाडौं २ पुष । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी चयन अलपत्र परेको छ । पदाधिकारी सिफारिश गर्न गठित सिफारिश समिति अर्थात ९सर्च कमिटी०ले पदाधिकारी सिफारिशको निर्णय गर्न नसकेपछि समिति नै बिघटन भएको छ ।

यसबाट १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्यायको प्रकृया फेरि पछाडि धकेलिएको छ । म्याद सकिनु अगाडि सर्च कमिटीले अर्को सर्च कमिटी बनाउन सिफारिश समेत गरेको छ । दुई महिनाको समय दिएर सरकारले २०८१ साल कात्तिक दुई गते सर्च कमिटी गठन गरेको थियो ।

सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीले सूचना निकालेर अर्को सर्च कमिटी बनाउन अनुरोध गरिएको उल्लेख गर्नुभएको छ । ‘दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशसम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले यससम्बन्धी प्रकिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ’ गएराति निकालिएको सूचनामा उल्लेख छ ।

अल्पमत र बहुमतमा गएर निर्णय गर्नु राम्रो नहुने निष्कर्षसहित फेरि प्रकृया थाल्नुपर्ने निर्णयमा पुगिएको सूचनामा भनिएको छ । दुवै आयोगमा एकरएक जना अध्यक्ष र चाररचार जना सदस्य रहन्छन् ।

दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा सुदीप पाठक, डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिँजापति, विश्वराज कोइराला, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल रहनुभएको थियो ।

वि।सं।२०७९ साउनदेखि संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग पदाधिकारीविहीन छ । आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिश समितिले कात्तिक २३ मा सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो । राजनीतिक तहमा सहमति जुट्न नसक्दा आयोगमा पदाधिकारी चयन कार्य अलपत्र परेको टिका–टिप्पणी भइरहेको छ ।

शान्ति प्रक्रियाका कामहरू टुङ्गोमा नपुग्नुको पछाडि रहेका अन्तर्निहित कारणको समीक्षा तथा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आयोगका पदाधिकारीको चयन गर्दा शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ भन्नेमा समितिले विश्वास गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group