ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या


एबीसी न्यूज
पुस २, २०८१ मंगलबार   १० : ३४   बजे

काठमाडौं २ पुष ।   ललितपुर महानगरपालिकाभित्रका आठवटा सामुदायिक विद्यालयमा गरिएको एक अध्ययनमा चार प्रतिशत बालबालिकाको स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता भएको पाइएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सहभागी दुई हजार दुई सय ४३ जना विद्यार्थीमध्ये दुई सय नौ अर्थात नौ दशमलव तीन प्रतिशतमा स्नायु विकासको अवस्था परिक्षण भएको थियो । तीमध्ये ८२ जना अर्थात तीन दशमलव सात प्रतिशत बालबालिकामा समस्या पहिचान भएको थियो ।

यस तथ्याङ्कलाई विश्लेषण गर्दा चार प्रतिशत बालबालिकामा स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको समस्या भएको पाइएको हो । दुई दशमलव दुई प्रतिशत बालबालिकालाई तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको पाइएको छ । महानगरपालिकासँगको सहकार्यमा रातो बङ्गला फाउण्डेशन र रातो बङ्गला स्कुलले स्नायु विकासको द्रूत मूल्याङ्कन ९च्ल्म्ब्० प्रतिवेदन सार्वजनिक गरेर यो जानकारी दिएको हो ।

सामान्य, हल्का, मध्यम र गम्भीर, चार प्रकारका समस्याका आधारमा गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको फाउण्डेसनले जनाएको छ । अध्ययनमा विद्यालयस्तरका बालबालिकाको मांसपेशी, दृष्टि, श्रवणशक्ति, बोली, बौद्धिक अवस्था, व्यवहार, पोषण अर्थात उमेर अनुसारको कद र तौलबारे सूचना सङ्कलन गरी तिनको विश्लेषण गरिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।

अध्ययनअघि सबै विद्यालयका नर्सहरुलाई तालिम दिनुका साथै महानगरका २९ वटै वडाहरूमा घरपरिवार सर्वेक्षण गरेको थियो । प्रतिवेदनले बालबालिकाको विकासमा अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने, सरकारले मातृशिशुको पोषणमा ध्यान दिनुपर्ने, सङ्घीय संरचना मार्फत शिक्षामा समग्र विकासको खाका बनाएर कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

ललितपुरबाट शुरू भएको यो अध्ययन देशका अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पौडेलसहित विभिन्न पालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत , शिक्षा तथा स्वास्थ क्षेत्रसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

बङ्गलादेशको प्रोतिबोन्धी फाउण्डेसनका डा।नाइला जमान खान, हुमैरा मुस्लिम लगायतका अनुसन्धानकर्ताहरू, बालरोग विशेषज्ञ, पोषणविद् लगायतले विकास गरेको स्नायु विकासको द्रूत मूल्याङ्कनले बालबालिकाहरूमा भविष्यमा हुन सक्ने स्नायु विकासका कमी कमजोरीहरुलाई पहिचान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group