ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या


एबीसी न्यूज

काठमाडौं २ पुष ।   ललितपुर महानगरपालिकाभित्रका आठवटा सामुदायिक विद्यालयमा गरिएको एक अध्ययनमा चार प्रतिशत बालबालिकाको स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता भएको पाइएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सहभागी दुई हजार दुई सय ४३ जना विद्यार्थीमध्ये दुई सय नौ अर्थात नौ दशमलव तीन प्रतिशतमा स्नायु विकासको अवस्था परिक्षण भएको थियो । तीमध्ये ८२ जना अर्थात तीन दशमलव सात प्रतिशत बालबालिकामा समस्या पहिचान भएको थियो ।

यस तथ्याङ्कलाई विश्लेषण गर्दा चार प्रतिशत बालबालिकामा स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको समस्या भएको पाइएको हो । दुई दशमलव दुई प्रतिशत बालबालिकालाई तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको पाइएको छ । महानगरपालिकासँगको सहकार्यमा रातो बङ्गला फाउण्डेशन र रातो बङ्गला स्कुलले स्नायु विकासको द्रूत मूल्याङ्कन ९च्ल्म्ब्० प्रतिवेदन सार्वजनिक गरेर यो जानकारी दिएको हो ।

सामान्य, हल्का, मध्यम र गम्भीर, चार प्रकारका समस्याका आधारमा गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको फाउण्डेसनले जनाएको छ । अध्ययनमा विद्यालयस्तरका बालबालिकाको मांसपेशी, दृष्टि, श्रवणशक्ति, बोली, बौद्धिक अवस्था, व्यवहार, पोषण अर्थात उमेर अनुसारको कद र तौलबारे सूचना सङ्कलन गरी तिनको विश्लेषण गरिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।

अध्ययनअघि सबै विद्यालयका नर्सहरुलाई तालिम दिनुका साथै महानगरका २९ वटै वडाहरूमा घरपरिवार सर्वेक्षण गरेको थियो । प्रतिवेदनले बालबालिकाको विकासमा अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने, सरकारले मातृशिशुको पोषणमा ध्यान दिनुपर्ने, सङ्घीय संरचना मार्फत शिक्षामा समग्र विकासको खाका बनाएर कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

ललितपुरबाट शुरू भएको यो अध्ययन देशका अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पौडेलसहित विभिन्न पालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत , शिक्षा तथा स्वास्थ क्षेत्रसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

बङ्गलादेशको प्रोतिबोन्धी फाउण्डेसनका डा।नाइला जमान खान, हुमैरा मुस्लिम लगायतका अनुसन्धानकर्ताहरू, बालरोग विशेषज्ञ, पोषणविद् लगायतले विकास गरेको स्नायु विकासको द्रूत मूल्याङ्कनले बालबालिकाहरूमा भविष्यमा हुन सक्ने स्नायु विकासका कमी कमजोरीहरुलाई पहिचान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

सम्बन्धित

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com