ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको विस्कन्सिन स्कूल गोलीकाण्डमा दुई जनाको मृत्यु


ABC News

प्रहरीका अनुसार मेडिसनस्थित निजी के–१२ विद्यालयमा विद्यार्थीले गोलीकाण्ड गराएका थिए ।

काठमाडौं २ पुस । अमेरिकाको विस्कन्सिनको मेडिसनस्थित एक क्रिश्चियन स्कूलमा किशोर विद्यार्थीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ र केही व्यक्ति घाइते भएका छन्।

मेडिसन प्रहरी प्रमुख शोन बार्न्सले पत्रकार सम्मेलनमा भने अनुसार अबन्डन्ट लाइफ क्रिश्चियन स्कूल मा गोलीकाण्डको क्रममा एक शिक्षक र एक विद्यार्थीको मृत्यु भएको हो। शंकास्पद आक्रमणकारी घटनास्थलमै मृत भेटिएको छ।

मेडिसनका प्रहरी प्रमुख बार्न्सका अनुसार प्रहरी अधिकारीहरूले कुनै हतियार प्रहार गरेका थिएनन्। उनले आक्रमणकारीको थप जानकारी दिन अस्वीकार गर्दै एक ह्यान्डगन प्रयोग भएको र आक्रमणकारीको परिवारले प्रहरीलाई सहयोग गरिरहेको बताए।

विद्यालयमा अध्ययनरत अन्य ६ जना विद्यार्थी अस्पताल भर्ना भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ, बार्न्सले जानकारी दिए।

“आजको दिन मेडिसन मात्र होइन, हाम्रो सम्पूर्ण देशका लागि दुःखको दिन हो,” बार्न्सले भने।

अमेरिकी समय अनुसार सोमबार बिहान १०ः५७ बजे स्थानीय समयअनुसार प्रहरीले विद्यालयमा सक्रिय गोलीबारीको खबर पाएपछि उक्त घटनास्थलमा पुगेका थिए। प्रहरीले त्यहाँ गोली लागेर घाइते भएका धेरै पीडित फेला पारेको जनाएको छ ।

मृतकहरूको परिवारलाई जानकारी गराइसकेपछि मात्र उनीहरूको पहिचान सार्वजनिक गरिने प्रहरीले बताएो छ । प्रहरीको प्रारम्भिक जानकारीमा पाँच जनाको मृत्यु भएको भनिए पनि पछि उक्त संख्या सच्याइएको थियो।

“त्यो भवनभित्र रहेका हरेक बच्चा, हरेक व्यक्ति पीडित हुन् र सधैंभरि पीडित रहनेछन्,” प्रहरी प्रमुख बार्न्सले भने।

 

विद्यालयको वेबसाइटका अनुसार अबन्डन्ट लाइफ क्रिश्चियन स्कूलमा लगभग ३९० विद्यार्थी छन् । यो विद्यालय २८ एकड क्षेत्रफलमा चर्चसँगै रहेको छ। विद्यार्थीहरूलाई अर्को हप्ता क्रिसमस बिदाको लागि छुट्टी दिन लागिएको थियो। विद्यालयले फेसबुकमा पोस्ट गर्दै आफ्नो समुदायका लागि प्रार्थना गर्न आग्रह गरेको छ।

छेउछाउका विद्यालयहरूलाई पनि लकडाउन गरिएको थियो, तर प्रहरीले अन्य विद्यालयमा कुनै खतरा नरहेको बताएको छ।

विस्कन्सिनका गभर्नर टोनी इभरस् र सिनेटरहरू रोन जोन्सन तथा ट्यामि बाल्डविनले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन् । गभर्नर इभरस्‌ले राज्यभरका झण्डाहरू आधा झुकाउने आदेश दिएका छन्।

राष्ट्रपति जो बाइडेनले कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् ।

“न्यु टाउनदेखि युभाल्दे, पार्कल्यान्डदेखि मेडिसनसम्म, र यस्ता धेरै घटनाहरू जसले खासै ध्यान पाउँदैनन्—हाम्रा बालबालिकालाई यो बन्दुक हिंसाबाट सुरक्षित राख्न नसक्नु अस्वीकार्य छ,” बाइडेनले भनेका छन् “हामी यसलाई सामान्य भनेर स्वीकार गर्न सक्दैनौं।”

एभ्रिटाउन फर गन सेफ्टी, एक बन्दुक नियन्त्रण समूहका अनुसार यस वर्ष विद्यालय परिसरमा २०० भन्दा बढी गोलीकाण्ड भएका छन् जसमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। समूहका अनुसार गत वर्ष यस्ता १५८ घटनाहरू भएका थिए जसमा ४५ जनाको मृत्यु भएको थियो।न्यूयोर्क टाइम्सले उल्लेख गरे अनुसार यो गोलीकाण्ड अमेरिकी विद्यालयमा भएको ३२३ औं गोलीकाण्ड भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com