ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कूटनीतिज्ञलाई पठाइयो


एबीसी न्यूज
पुस १, २०८१ सोमबार   ३ : ४८   बजे

काठमाडौं १ पुष । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताउनुभएको छ ।

लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनुरूप भएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर अल–शाम ९एचटीएस० को नेतृत्वमा रहेको दमास्कसमा नयाँ अधिकारीहरूसँग सम्पर्क गरेको बताएपछि ब्रसेल्सको यो पहल शुरू भएको हो ।

सिरियामा असदको परिवारको पाँच दशक लामो शासनको अन्त्य गर्दै विद्रोहीले सत्ता कब्जा गरेपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू सिरियामा प्रभाव जमाउन होडबाजी गरिरहेका छन् ।

“सिरियाका लागि हाम्रा उच्च कूटनीतिज्ञ आजै दमास्कस जानुहुनेछ र नयाँ नेतृत्वसँग सम्पर्क गर्नुहुनेछ,” इयूका विदेशमन्त्रीहरूको बैठकअघि कल्लासले पत्रकारसँग भन्नुभयो ।

एचटीएसको जड अल–कायदामा रहेको र धेरै सरकारहरूले यसलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेकाले पश्चिमा मुलुकहरूजस्तै युरोपेली सङ्घका राष्ट्रहरू पनि दमास्कसको नयाँ नेतृत्वप्रति सचेत छन् ।

इयूले देशको गृहयुद्धको समयमा दमास्कसमा असद शासनसँग सम्बन्ध विच्छेद गरेको थियो तर द्वन्द्वपीडित सिरियालीलाई मद्दत गर्न मानवीय सहायताको एक प्रमुख दाताको रूपमा छ ।

कल्लासले ब्रसेल्समा इयूका विदेशमन्त्रीहरूले सिरियाको नयाँ नेतृत्वसँग कसरी संलग्न हुने र कुन स्तरमा संलग्न हुने भन्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

यसै महिना इयूको शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालेका कल्लासले भन्नुभयो, “हामी सिरियामा युद्धपछिको शून्यतालाई बेवास्ता गर्न सक्दैनौँ ।”

दमास्कसका नवप्रवर्तक अधिकारीहरूले अल्पसङ्ख्यकहरूको संरक्षण गर्ने र समावेशी सरकार गठन गर्ने प्रतिबद्धता जनाएपछि अन्तर्राष्ट्रिय खेलाडीहरूले सतर्क आशा व्यक्त गरेका छन् ।

कूटनीतिज्ञहरूका अनुसार असदलाई सत्ताच्युत गरेपछि युरोपेली सङ्घका केही सदस्य राष्ट्रहरूले सिरियासँग सम्बन्ध विस्तार गर्न दबाब दिइरहेका छन् भने अन्य देशहरू बढी सतर्क छन् । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group