ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु


एबीसी न्यूज
पुस १, २०८१ सोमबार  ११ : ५९ बजे

काठमाडौं १ पुष । हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् ।

फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।

यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । त्यहाँका हजारौं व्यक्तिहरु खाना, पानी र आवास विना बस्न बाध्य छन् ।

मायोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ । फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ ।

अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुन सक्ने आशंकासमेत गरेका छन् । घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा तुफानले क्षति पुर्‍याएको छ ।

अल जजिराका अनुसार मायोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ । मुस्लिम समुदायमा २४ घण्टाभित्र शव गाड्ने संस्कार छ । तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com