काठमाडौं १७ मंसिर । काठमाडौँको कीर्तिपुर नगरपालिका(४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्।
७ सय ४२ मत ल्याएर बानियाँ विजयी भएका निर्वाचन आयोगले जनाएको छ।
बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत ल्याएकी छन् भने माओवादी केन्द्रका नारायण विष्टले २८७ मत ल्याएका छन्। अघिल्लो निर्वाचनमा खड्काका पति श्यामकुमार अधिकारी विजयी भएका थिए।
अधिकारीको निधन भएपछि उनकी पत्नी उपनिर्वाचनमा कीर्तिपुर ४ मा उम्मेदवार बनेकी थिइन्।
कीर्तिपुर( ४ मा यो निर्वाचनमा एमाले चौथो भएको छ। एमाले उम्मेदवारले १५३ मत ल्याउँदा राप्रपाका बिजेस बस्नेतले ८७ मत पाएका छन्।








प्रतिक्रिया दिनुहोस्