ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


मनिषा लामिछाने

उर्लाबारी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन्।

धिमालको अरनिको अस्पताल उर्लाबारीमा गुरुङको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। मोरङ पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राकेश यादवका अनुसार प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन्।

पथरीशनिश्चरे –५ का वडाध्यक्ष चेतेन्द्र खड्काले दीपक र विष्णु नातेदार भएको बताए। यस्तै, कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन्।

उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सम्बन्धित

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com