ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ


एबीसी न्यूज
मंसिर २, २०८१ आईतबार  १ : २३ बजे

काठमाडौं २ मंसिर । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका(६ का ३५ व्यवसायी लामाथि रड प्रहार भएको थियो ।

चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् ।

आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार आक्रमणमा तामाङका साथै अजय लामा, निश्चल सुनार र दीपक बरामु संलग्न थिए । अझै यो समूहका अज र दीपक पक्राउ पर्न बाँकी रहेका छन् । आक्रमणको मुख्य योजनाकार अजय प्रहरीको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार आक्रमणको योजना बनाएपछि आक्रमणकारीले चार वटा नयाँ मोबाइल सेट र सिमकार्ड किनेका थिए । त्यसपछि ती फोन र सिमकार्ड समेत प्रयोग भएको छैन ।

आक्रमणको मुख्य योजनाकार अजय पक्राउ परेपछि मात्रै यकिन कारण खुल्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । आक्रमण गर्ने योजना बनाएपछि अजयले कफी खान भन्दै विक्रमलाई बोलाएको र त्यसैबेला अरु तीन जनाको विक्रमसँग भेट भएको खुलेको छ ।

यता पीडित पक्षले भने हाल बेलायतमा रहेकी एक महिलाले हत्या गर्ने उद्देश्यले सुपारी दिएर आपराधिक समूह परिचालन गरेको दाबी प्रहरी समक्ष गरेको छ । पीडित पक्षले बेलायतमा रहेकी भनिएकी महिला नातेदारसमेत रहेको र एक क्रसरमा संयुक्त लगानी समेत रहेको, पछिल्लो समय सम्बन्धमा दरार आएपछि मार्नेसम्मको योजना बनाएर आक्रमण भएको दाबी उनीहरुको छ ।

गत वर्ष पनि आफूमाथि यस्तै आक्रमणको योजना बनेको सूचना आएको विक्रमले प्रहरीसमक्ष दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com