ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवराज अर्यालले झुठ बोलेको देखियो, के गर्ने छलफल गर्दैछौं -ऋषि धमला


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्यालको दाबी गलत देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ ।

लाजिम्पाटस्थित सीआईबीमा पुगेर धमलाले आफूलाई अर्यालले एक महिनादेखि अन्तरर्वार्ता लिइदिन भनेको बताएका छन् ।

‘ऊ अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाएको थियो, अझ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्छु भनेको थियो’, सीआईबीबाट धमलाले अनलाइनखबरसँग भने, ‘उहाँ टेलिभिजनमा पनि नियमित आउनुभयो, त्यसक्रममा मन्त्रीहरुको ड्राइभर भएको नाताले कुराकानी सुरु गर्‍यौं, उहाँले पीडित भएँ भन्नुभयो।’

त्यसक्रममा पीडा के हो भन्नेबाट कुराकानी सुरु गर्दा पछि उनले निर्मला हत्या प्रकरणको समेत कुरा गरेको धमलाले बताए । ‘त्यसक्रममा मैले उहाँलाई कसरी साक्षी हो भन्दा विभिन्न विषयहरु बताउनुभएको थियो, अहिले भ्रमण फैलाउने काम भयो भन्ने आएको छ’, उनले थपे, ‘कञ्चनपुर गएको भनेर आईडीकार्ड पनि देखाएपछि मलाई विश्वास भएको थियो ।’

प्रहरीले अनुसन्धानले समेत अहिले नवराज अर्यालले भनेको बयान मिलेको नदेखिउको भन्दै उनले भने, ‘उसले किन झुठो बोल्यो र अब के गर्नेभन्नेमा छलफल गरिरहेका छौं ।’

ब्यूरोका एसपी होविन्द्र बोगटीले भने धमलाले पहिले प्रमाण जाँच नगरी अन्तरर्वार्ता प्रशारण गर्नु गल्ती भएको बताएको उल्लेख गरेका छन् । उनले भने, ‘राष्ट्रिय स्वार्थको कुरा भएकाले केही आउँछ कि भन्ने कुराले अन्तरर्वार्ता लिएँ भन्नुभएको छ, त्यसक्रममा कमजोरी भएको उहाँको भनाइ छ ।’

सीआईबीले अन्तर्वार्ता दिने नवराज अर्याललाई भने पक्राउ गरेको छ । उनले कसैको उक्साहटमा त्यस्तो बयान दिए कि अरु के कारण थियो भन्नेबारे अनुसन्धान गरिने एसपी बोगटीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com