ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोप-२९ आयोजक नै भन्छन् : तेल र ग्यास ईश्वरका उपहार


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप २९० को आयोजक राष्ट अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले अनौठो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनका लागि मुख्य कारक मानिएको पेट्रोलियम पदार्थ तेल र ग्यास ईश्वरको उपहार भएको बताएका छन् ।

जलवायु सम्मेलनलाई सम्बोधन गर्दै अलिएभले देशको कार्वन उत्सर्जनको विषयमा सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति कटु आलोचना गर्दै त्यसलाई पश्चिमा फेक समाचारको उपमा दिँदै प्राकृतिक रुपमा जिवाश्म इन्धन भएका देशमाथि दोषारोपण गर्न नहुने जिकिर गरे । उनले कोप २९ अगाडि अजरबैजानलाई ब्ल्याकमेल तथा निन्दाको सिकार बनाइएको गुनासो पनि गरे।

 

साथै उनले आगामी दशकभित्रमा देशको ग्यास उत्पादनलाई एक तिहाइले बढाउने योजना पनि उनले सुनाउँदै विश्वव्यापी हरितगृह ग्यास उत्सजर्नमा आफ्नो मुलुकको हिस्स केवल ०।१ प्रतिशत मात्रै रहेको बताए ।

त्यस लगत्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले सम्मेलनमा बोल्दै जिवाश्व इन्धनको प्रयोगलाई दोब्बर गर्नु बेतुकको काम भएको बताए ।

उनले भनेका छन्, ‘स्वच्छ उर्जा क्रान्ति सुरु भैसकेको छ र यसलाई कुनैप्नि सरकारले रोक्न सक्दैन ।’

विज्ञहरुले विश्वको ठूलो जलवायु सम्मेलन अजरबैजानमा आयोजना भएकोप्रति नै आपत्ति जनाइरहेका बेला त्यहाँका राष्ट्रपतिको अभिव्यक्ति सार्वजनिक भएको हो ।

अजरबैजानका पर्यावरण तथा प्राकृतिक श्रोत मन्त्री, जो २८ वर्षसम्म अजरबैजानको सरकारी ग्यास तथा तेल कम्पनी सोकारका कार्यकारी प्रमुख रहे, उनी नै अहिले जलवायु सम्मेलनका अध्यक्ष छन् ।

अजरबैजानका अधिकारीहरुले कोप २९ सम्मेलनलाई आफ्नो देशका ग्यास तथा तेल कम्पनीहरुमा विदेशी लगानी वृद्धि गर्नका लागि उपयोग गरेको कतिपयको टिप्पणी छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com