ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–बुटवल सडक : ठेकेदारलाई दबाब, तीन जिल्लाका जनप्रतिनिधि एक ठाउँमा


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् । सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले एक भएर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका हुन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मङ्गलबार भएको संयुक्त छलफलमा चिनियाँ ठेकेदार कम्पनीले काम सुरु नगरेकाले प्रधानमन्त्रीसहित सङ्घीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै दबाब दिने निर्णय गरिएका जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो । छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले ठेकेदारले आर्थिक अभावका कारण भन्दै काम गर्न ढिलाइ गरेको बताउनुभयो । काममा ढिलाइ गरेको भन्दै नोटिस टु करेक्ट ९एनटिसी० पठाएर परामर्शदाता कम्पनीले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनलाई सचेत गराउँदा पनि ठेकेदार कम्पनी अझै काममा नफर्केको उहाँको भनाइ थियो । ठेकेदारलाई ठेक्का तोड्नुअगाडिको प्रक्रयागत रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप एनटिसी जारी भइसकेको बताउँदै मिश्रले उक्त समयावधिभित्र तोके अनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताउनुभयो ।

दुई वटा लक्ष्य दिएर अन्तिम चेतावनी दिइएको र उक्त जिम्मेवारी अनुरूपको काम पूरा नभए ठेक्का तोडिने आयोजनाले जनाएको छ । परामर्शदाता कम्पनीले चाइना स्टेटलाई आगामी मङ्सिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म सडकको एकातर्फ सबै कालोपत्रे भएको हुनुपर्ने भनिएको छ । ठेकेदार चाइना स्टेटले बजेट अभावका कारण काम गर्न नसकेको बताउँदै आएको छ । काम छाड्ने स्थितिमा पुगे पनि पछिल्लो समय काम गर्ने प्रतिबद्धताका साथ ठेकेदार कम्पनी फर्किएको बताइएको छ ।

छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले काम नगर्ने भए ठेक्का तोड्नुपर्नेमा जोड दिनुभयो । “यही ठेकेदारलाई कुर्दा लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्था आयो,” पाण्डेले भन्नुभयो, “यस्तै हो भने ठेक्का तोडेर नयाँ प्रक्रियामा जानु पर्छ ।” बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सडकका कारण जनप्रतिनिधिले गाली खानु परेको भन्दै अब जसरी पनि समयमै सडक निर्माण सम्पन्न गर्न दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागार्इं, जिसस पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल, देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, विनयत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी, बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्याल, सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतलगायतको सहभागिता थियो ।

त्यसै गरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही कात्तिक २९ गते भेटेर ध्यानाकर्षण गराउँदै सडकको काम नियमित गराउने विषयमा छलफल गर्ने निर्णय पनि गरेको जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जानकारी दिनुभयो । बुटवल–नारायणगढ सडकखण्डको अहिलेसम्म ५४ प्रतिशत मात्र काम भएको छ । दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड अहिले सबैभन्दा जोखिमपूर्ण सडक बनेको छ । यहाँ दुईदेखि तीन फिटसम्म खाल्टाखुल्टी छन् जसले गर्दा दैनिक जसो सवारीसाधन बिग्रने र दुर्घटनामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com