ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुर उपनिर्वाचन : कांग्रेस–एमालेबिच मुख्य प्रतिस्पर्धा


एबीसी न्यूज

काठमाडौं २३ कात्तिक । कीर्तिपुर नगरपालिका प्रमुख पदको उपनिर्वाचनमा सत्तासीन दुई प्रमुुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले बिच नै प्रतिस्पर्धा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लाई भने समाजवादी मोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहने भएको छ ।

कीर्तिपुरमा नगरप्रमुख, वडा नं। १ र ४ का दुई वडाअध्यक्ष गरी जम्मा तीन स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । नगरप्रमुख पदमा नेपाली कांग्रेस नगर समितिले सभापति कृष्णमान डङ्गोलको नाम पहिलो नम्बरमा राखेर ११ जनाको नाम सिफारिस गरेको छ ।

सभापति डङ्गोलका अनुसार नगरप्रमुख पदमा आकांक्षीहरु बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, सङ्गीता बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

डङ्गोलले भन्नुभयो, “हामीले आकांक्षी सबैलाई राखेर धारणा, विचार, भिजन सुन्यौं । लोकतान्त्रिक पद्धतिबाट आफ्नो विचार राख्ने मौका पनि दियौं । ११ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी पाउने एक जनाले हो, त्यो अवस्थामा के गर्ने रु भन्ने खालको कुराहरु, बृहत् छलफल गर्‍यौं ।” अन्तिममा जसको नाम निर्णय भए पनि उसलाई पार्टीले सघाउने निष्कर्ष समितिको रहेको उहाँको भनाइ छ ।

उहाँले वडा नं। १ र ४ का अध्यक्ष पदका उम्मेदवार क्षेत्रीय समितिले छिट्टै टुङ्गो लगाउने बताउनुभयो । नेकपा ९एमाले० ले नगर प्रमुखमा डा। सुरेन्द्र मानन्धरको नाम सिफारिस गरेको छ । वडा नं। १ मा हर्ष महर्जन र वडा नं। ४ मा बद्री बुढाथोकीको नाम सिफारिस गरेको छ ।

यसैगरी, नेकपा ९माओवादी केन्द्र० ले नगर प्रमुखमा डा। शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । माओवादीले वडा नं। १ मा अष्टमान महर्जन र वडा नंं। ४ मा नारायण विष्ट उम्मेदवार टुङ्गो लगाएको छ ।

कांग्रेस–एमालेबिच मुख्य प्रतिस्पर्धा

नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डङ्गोलले उपनिर्वाचनमा कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच हुँदै आएको हो । अहिले नेपाली कांग्रेसको प्रतिस्पर्धा हुने एमालेसँग नै हो । किनभने, योभन्दा फरक विकल्प आउने बित्तिकै विकास निर्माणमा अवरोध हुने भएकोले यहाँका जनताले बुझेका छन् ।”

एमाले कीर्तिपुर नगर कमिटीका अध्यक्ष चिनकाजी महर्जनले सत्तामा एकथरी गठबन्धन भए पनि उपनिर्वाचनमा फरक किसिमको प्रतिस्पर्धा रहने बताउनुभयो ।

महर्जनले भन्नुभयो, “कीर्तिपुरमा सशक्त प्रतिस्पर्धा हुन्छ । सरकारमा एकथरी एलायन्स भए पनि यहाँ यी दुई ९कांग्रेस वा एमाले० मध्ये एउटा जित्ने भएको कारणले यी दुईबिच नै गठबन्धन त हुँदैन । माओवादीसँग एलायन्स भएको भए माओवादीसँग हुन सक्थ्यो । माओवादी प्रतिपक्षीमा छ । सत्ता पक्षबिच गठबन्धन गर्न जरुरी छैन, त्यसकारण राम्रो तरिकाले प्रतिस्पर्धा हुन्छ ।”

माओवादीलाई रास्वपाको समर्थन

नेकपा ९माओवादी केन्द्र० कीर्तिपुर नगर समितिका इन्चार्ज हीराबहादुर महर्जनले माओवादी उम्मेदवाररलाई समाजवादी मोर्चाको समर्थन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा माओवादी ९विप्लप०, नेकपा माओवादी ९वैद्य० उहाँहरुसँग बसेर कुराकानी गरिरहेका छौं । मोर्चामा नहुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि हुनुहुन्छ, उहाँहरुसँग पनि हाम्रो सहकार्य भइरहेको छ । अरु पार्टीहरुसँग पनि छलफलका लागि ढोका खुला छ ।”

यसरी भयो तीन पद खाली

गत निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो । नकर्मी मिर्गौला खराबीका कारण उपचार गराउँदै आउनुभएका थियो ।

कीर्तिपुर नगरपालिका वडा नं। १ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हिरालाल महर्जनको २०८० फागुन २४ गते निधन भएको थियो । महर्जन कलेजो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

यस्तै, कीर्तिपुर नगरपालिका वडा नं। ४ मा स्वतन्त्रबाट निर्वाचित श्यामकुमार अधिकारीको २०८० वैशाख १० गते मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा निधन भयो । कीर्तिपुर नगरपालिकामा आउँदो मंसिर १६ गते रिक्त रहेका यी तीन स्थानमा उपनिर्वाचन हुन गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com