ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व महामारी सम्झौता समतामूलक र सहकार्ययुक्त बनाउन आग्रह


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । विश्व महामारी सम्झौता समतामूलक र सहकार्ययुक्त बनाउन नेपालले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् ।

यही नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठनले गर्न लागेको विश्व स्वास्थ्य महामारी सम्झौता सम्मेलनमा महामारीविरुद्ध लागू हुने विश्वव्यापी सुरक्षामा एशियाली देशको पहुँच सुनिश्चितताका लागि पहल हुनुपर्ने उनीहरूको भनाइ छ ।

महामारीविरुद्ध विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि आवश्यक पहल गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेशन ९एएचएफ० नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनुपर्नेमा जोड दिएको हो ।

फाउन्डेशनले महामारीबाट बच्न आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू जस्तै– खोप, जीवन रक्षक औषधि, स्वास्थ्य उपकरण, सूचना र विशेषज्ञता तथा स्वास्थ्य सेवामा एशियाली देशको आर्थिक क्षमताका साथै समान पहुँचको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै आएको छ ।

कोभिड–१९ को महामारीपछि आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा कम आय भएका राष्ट्रहरूको पहुँच नहुँदा महामारीको असर बढी झेल्नुपरेको भन्दै एएचएफ नेपालका राष्ट्रिय निर्देशक दिव्यराज जोशीले अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीका लागि महामारी सम्झौता एक अवसर भएको बताउनुभयो । तर महामारी व्यवस्थापनका लागि गरिने प्रयासमा विश्वका गरिब देश र समुदायलाई उपेक्षा गर्न नहुने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हैजा, इबोला, मङ्कीपक्स लगायत ४० भन्दा धेरै प्रकोपको पुनरुत्थान विशेषरूपमा चिन्ताजनक रहेको छ ।

विश्वभर भविष्यमा फैलिनसक्ने महामारीको तनावबीच विश्वव्यापी महामारीविरुद्धको तयारीलाई वृद्धि गर्न र अवसरलाई सदुपयोग गर्न भइरहेका सबै अन्तर्राष्ट्रिय प्रयास प्रशंसनीय रहेको भन्दै फाउन्डेशनका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले विश्व सम्मेलन नजिकिँदै गर्दा विश्वव्यापी चासो समतामूलक पहुँचमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा भाग लिने नेतृत्वदायी देशहरूले एशियासहित सबै क्षेत्र र भूगोलको पहुँचमा हुने गरी बोल्न उहाँले आग्रह गर्नुभएको छ ।

सम्झौतालाई समतामूलक बनाउन खासगरी क्षेत्रीय उत्पादन क्षमता अभिवृद्धि गरिनुपर्ने, महामारी प्रतिकार्यसम्बन्धी प्रविधि हस्तान्तरण गरिनुपर्ने, दिगो आर्थिक व्यवस्थापनको ग्यारेन्टी हुनुपर्ने तथा नागरिक समाज र संस्थाहरूलाई समेत सम्झौताले समेट्नपर्नेमा जोड दिइएको छ ।

एड्स हेल्थ केयर फाउन्डेशन ९एएचएफ० मार्फत महामारी नियन्त्रणका लागि समानता कायम गर्न नेपालसहितका कम विकसित देशले ुसेभ आवर सोसाइटीु ९एसओएस० नारासहित विश्व समुदायको ध्यानाकर्षण गराउन अभियान चलाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com