ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका मुख्यमन्त्री कात्तिक अन्तिम साता चीन जाँदै


एबीसी न्यूज

काठमाडौं २० कात्तिक । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् ।

मंगलबार बसेको लुम्बिनी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११(१३ ९कात्तिक २६(२८० मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहितको टोली जान लागेको हो ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको मुख्यमन्त्री आचार्यले बताए ।

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत छलफल हुने उनले बताए ।

२०७६ सालमा लुम्बिनी र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । त्यतिबेला कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com