ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिए जनप्रतिनिधि


एबीसी न्यूज

काठमाडौं २० कात्तिक । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका पोखरा महानगरका जनप्रतिनिधिले मङ्गलबार नगर प्रहरीमाथि हातपात गरेका छन् । बिहान ११ देखि १२ बजेसम्म एक घण्टा प्रदर्शनपछि महानगरको सचिवालयमा पुगेका जनप्रतिनिधिले नगर प्रहरी भुवन थापामाथि हातपात गरेका हुन् ।

नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा रहेका बेला कार्यवाहक प्रमुखलाई भेट्न गएको टोलीले थापामाथि हातपात गरेको हो । पोखरा महानगरपालिकाको ३६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको थियो ।

२०८१ असारसम्मका लागि अन्तिम पटक करार कर्मचारीको म्याद थपिएको थियो । कात्तिक मसान्तसम्म म्याद थप गरी साउनयताको तलब र चाडपर्व खर्च लिएर ती कर्मचारीलाई बिदाइ गर्ने निर्णय महागरले लिएको थियो । निर्णयपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि र एमाले निकट कर्मचारी सङ्गठन संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

पोखरा महानगरमा लोकसेवाबाट सिफारिस भई आएका ४८ कर्मचारी हाजिर हुन आएपछि ती पदमा करारमा रहेकाहरुलाई बिदाइ गरिएको हो । गण्डकी प्रदेशमा निजामती किताबखाना बनेकाले अब चाँडै महानगरलाई चाहिने कर्मचारी यकीन गरिने र लोकसेवाबाट कर्मचारीहरु प्राप्त भएपछि करार सेवाका अरु कर्मचारीलाई पनि बिदाइ गरिने महानगरको तयारी छ ।

करार कर्मचारीको म्याद थप नगर्ने एजेण्डा राखिएको थापा पाएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए । ४३ सदस्यीय महानगरको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य छन् । महानगर प्रमुख एकीकृत समाजवादीबाट निर्वाचित हुनुभएको हो भने वडा नम्बर २२ मा स्वतन्त्रले वडाध्यक्ष जितेको छ । बाँकी २२ वडाध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।

विरोधसभामा महानगरमा एमाले दलका नेता एवम् पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाहीले दलगत पूर्वाग्रह राखी करार कर्मचारी हटाइएको दाबी गर्दै त्यसलाई सच्च्याउन आग्रह गर्नुभएको थियो । पोखरा महानगरमा अहिले एक हजार ५१ कर्मचारी रहेकोमा सङ्घीय दरबन्दीका तीन सय ६१ जनामात्र छन् । बाँकी करार कर्मचारीलाई खुवाएको तलब, भत्तामा महालेखा परीक्षणको प्रतिवेदनले बर्सेनि प्रश्न उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com