ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत लगिँदै


एबीसी न्यूज

काठमाडौं २० कात्तिक । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ । यो प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले आज अदालतमा उपस्थित गराउने तयारी भएको जानकारी दिनुभयो । “बयान सकिए पनि अरू प्रक्रिया बाँकी छन् । उहाँहरूलाई आज अदालत लगिन्छ,” शर्माले भन्नुभयो ।

गोरखा मिडियामा पोखराको सूर्य दर्शनको रकम नियमविपरीत लगी ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । ३ गते बिहान पोखरा ल्याइएपछि उहाँलाई यसअघि पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भइसकेको छ । बिचमा तिहार बिदा परेकाले मङ्गलवार मात्र म्याद थपका लागि लैजान लागिएको हो ।

असोज ६ गते पक्राउ पर्नुभएका जोशीसँगै सूर्य दर्शन ठगी आरोपमै पक्राउ पर्नुभएका लीला पछाई र रामबहादुर खनाललाई पनि सँगै म्याद थपका लागि अदालत लैजाने तयारी छ । सूर्य दर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्नुभएको छ । गोरखा मिडियामा रकम व्यवस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उहाँले सूर्य दर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उहाँले बयान दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com